सुर्खेत – रुकुममा सेवाग्राहीसँग घुसलिँदै गरेको अवस्थामा एकजना वनका कर्मचारी पक्राउ परेका छन्। रुकुम पश्चिमको चौरजहारी नगरपालिका–११ मा रहेको चौफास्थित सवडिभिजन वन कार्यालयका निमित्त प्रमुख महेन्द्र विसी सात हजार घुससहित पक्राउ परेका हुन्।
बिहीबार दिउँसो मुसीकोट नगरपालिकाको होटलमा सेवाग्राहीसँग घुस लिइरहेको भन्ने विशेष सूचनाका आधारमा विसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले पक्राउ गरेको हो। अख्तियारको कार्यालय सुर्खेतका प्रमुख ज्ञानराज सुवेदीका अनुसार रुख कटान आदेश सहजीकरण गरिदिने भन्दै विसीले सेवाग्राहीबाट सात हजार घुस लिएका थिए। विसीलाई कानुनअनुसार कारबाही हुने अख्तियारले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४