बिहीबार, वैशाख १३, २०८१

निर्मलालाई जिउँदै जलाउने श्रीमान् प्रहरी फन्दामा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम – श्रीमतीलाई जिउँदै जलाएर हत्या गर्ने श्रीमान् पक्राउ परेका छन्। धनुषाको शहीदनगर नगरपालिका–१ चिरैयाटोल घरभएका २४ वर्षीय मुकेश गोइत यादवलाई प्रहरीले पक्राउ गरेको हो।

मुकेशले २१ वर्षीया श्रीमती निर्मला यादवलाई जिउँदै जलाई हत्या गरेका थिए। घटनाको मतियार भनिएकी मुकेशकी भाउजु २५ वर्षीया श्यामा देवी यादवलाई समेत प्रहरीले पक्राउ गरेको छ। घटनापछि फरार रहेका मुकेशलाई प्रहरीले सुदूरपश्चिम प्रदेशको कञ्चनपुरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले जानकारी दिए।

यसरी जलाइएकी थिइन् निर्मला

निर्मलासँग विवाह हुनुपूर्व मुकेशको भाउजु श्यामासँग अनैतिक सम्बन्ध रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। विहेपूर्व भाउजुसँग रहेको अनैतिक सम्बन्ध पछिल्लो दिनसम्म पनि कायम रहेको बारे निर्मलाले थाह पाएकी थिइन्। यसै विषयमा निर्मलाको मुकेशको भाउजु श्यामासँग पटकपटक झैंझगडा हुने गरेको प्रहरीले जनाएको छ।

घटनाको दिनसमेत दुई पक्षबीच सोही विषयमा झगडा भएको थियो। मुकेशले झगडा छुट्याई श्रीमती निर्मलालाई कुटपिट गर्दै उनको लुगाकपडा जलाउन बाहिर आँगनमा फ्याँकेका थिए। कपडा जलाउन  मुकेश पेट्रोल लिन भाउजु श्यामाको पसलमा पुगेका थिए। पेट्रोल किन चाहियो भन्दै भाउजु श्यामाले मुकेशलाई प्रश्न गरेका थिए। मुकेशले ‘उसको सबै समान जलाई घरबाट निकाली दिन्छु’ भनेपछि श्यामाले ‘लुगाकपडामात्र किन ? निर्मलालाई पनि पेट्रोल छर्की आगो लगाइ देउ, पछि हामी दुबै भागी विवाह गरौंला’ भनेकी थिइन्। मुकेशले मिनरल वाटरको बोतलमा लगेको पेट्रोल निर्मलाको जिउ र जम्मा पारेको लुगाकपडामासमेत छर्केर आगो लगाइ फरार भएका थिए। 

विभित्र स्थानमा लुकिछिपी बसी रहेको अवस्थामा प्रहरीले मुकेशलाई कञ्चनपुर जिल्लाको गड्डाबाट पक्राउ गरेको छ। मुकेशकी भाउजु श्यामालाई भने प्रहरीले उनको घरबाट नियन्त्रणमा लिएको बताइएको छ।

५ वैशाखमा निर्मला जिउँदै जलाइको अवस्थामा फेला परेकी थिइन्। स्थानीय र प्रहरीले तत्काल उद्धार गरी निर्मलालाई उपचारको लागि जनकपुर पठाएका थिए। जनकपुरमा उपचार सम्भव हुन नसकेपछि उनलाई थप उपचारको लागि किर्तिपूर मोडेल अस्पतालमा पठाइएको थियो। निर्मलाको उपचारको क्रममा १६ वैशाखमा मृत्यु भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।