बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • 'शब्दमा निहुँ खोज्‍ने कांग्रेस महेन्द्रको जय नेपालवादी'

'शब्दमा निहुँ खोज्‍ने कांग्रेस महेन्द्रको जय नेपालवादी'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कांग्रेसले ’मेरो सरकार’ को विषय निकालेर निहुँ खोजेको आरोप लगाएका छन्। मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका बाँस्कोटाले राजा महेन्द्रले प्रयोगमा ल्याएको ’जय नेपाल’ भन्ने कांग्रेसले ’मेरो सरकार’ को विषय लिएर अनावश्यक निहुँ खोजिरहेको आरोप लगाए। 

सरकारको भाषाशैलीमा राजतन्त्रको गन्ध आएको भन्ने कांग्रेसले आफूचाँही महेन्द्रकै भाषाशैली प्रयोग गर्नु के हो भन्दै बाँस्कोटाले प्रश्न गरे। उनले भने, ‘कांग्रेसले महेन्द्रले भनेको जय नेपाल शब्द बोकेर हिँडेको छ। के कांग्रेस महेन्द्रको जय नेपालवादी हो?'

मन्त्री बाँस्कोटाले २०१७ सालमा महेन्द्रले बीपी कोइरालालाई अपदस्त गरिसकेपछि अन्तिममा जय नेपाल, पशुपतिनाथले सबैको कल्याण गरुन् भनेको स्मरण गर्दै भने, ‘बीपी कोइराला चीन जाँदा मेरो सरकार, मेरो देश भनेको स्मरण छ। ससाना शब्दतिर हैन, मुलुकले सामाजिक, आर्थिक रुपान्तरणको कुन दिशा समातेको छ। त्यो हेर्नुपर्छ।’ 

सरकार सबैको हो भन्दै उनले भने, ‘तपाई, मेरो अनि सम्माननीय राष्ट्रपतिज्यूको पनि सरकार हो।’ सरकारले ल्याएको नीति तथा कार्यक्रमको विरोध गर्न नसकेपछि कांग्रेस शब्दमा अल्झिएको उनको आरोप छ। उनले कांग्रेसले सरकारको विरोध गरिरहे पनि सरकार र प्रतिपक्षी दलबीचको सम्बन्ध भने राम्रै रहेको बताए।

यस्तै सरकारले अमेरिकाका राजदूत अर्जुनबहादुर कार्कीको म्याद थप गरेको छ। कार्कीलाई अर्को राजदूत नियुक्त नभएसम्मका लागि म्याद थपिएको सरकारका प्रवक्ता बाँस्कोटाले जानकारी दिए। कार्की पाँच वर्षअघि तत्कालीन नेकपा एमालेको कोटाबाट अमेरिकाका राजदूत नियुक्त भएका थिए।  
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।