काठमाडौं – २०७५ वैशाख ४ गते महाशाखाको नेतृत्व सम्हाल्न पुगेका नेपाल प्रहरीका एसएसपी धिरज प्रताप सिंहले गुण्डागर्दी नियन्त्रण गर्न कठोर बने। उनले अधिकांश गुण्डा नाईके र टोले गुण्डालाई जेलमा हाल्न प्राथमिकता दिए। उनले फिरौतीलाईसमेत हटाउने प्रयास गरे।
धम्काएकै भरमा पैंसा असुली गर्ने र नदिए अपहरण कुटपिट र ज्यानै मार्ने अपराधका नाईके कारागार पसेपछि केही समय काठमाडौं शान्त बनेको थियो। तर पछिल्लो समय गुण्डा नाईकेहरुले जेलबाटै व्यावसायीलाइ फोनबाटै धम्क्याउन थालेपछि कारागार माथि नै निगरानी बढाइएको सिंहले दाबी गरेका छन्।
तत्कालीन महाशाखाका प्रमुख दिवेश लोहनी सहित महाशाखाका अनुसन्धान अधिकृतहरु सुनकाण्डमा जेल परेपछि महाशाखाको जिम्मेवारी सम्हाल्न पुगेका सिंहलाई पहिलो चुनौती महाशाखा भित्रै थियो। कारण महाशाखाका प्रमुख नै अनुसन्धानमा खटिँदा जेल परेपछि अरु अधिकृतहरु अनुसन्धानमा खटिनै डराउँथे।
फिल्डमा खटिँदा उल्टै फस्न सक्ने डर थियो प्रहरी वृतमा। सिंहले घटनाको अनुसन्धानमा आफै खटिनुको कारण अनुसन्धान अधिकृतको गिरेको मनोबल उकास्नु थियो। सिंहले आफैले अनुसन्धानको कमाण्ड गरेका कयौं गम्भीर घटनाको अनुसन्धानको निष्कर्षमा पुगेको दाबी गरे।
एकवर्षको अपराध अनुसन्धान महाशाखाको जिम्मेवारी पुरा गरेर प्रहरी प्रधान कार्यलयको तालिम निर्देशनालयमा सरुवा भएका सिंहले आफुले एक वर्षमा गरेका प्रगति विवरण सुनाउन बिहीबार महाशाखामा पत्रकार सम्मेलनको आयोजना गरे।
‘तपाईले एक वर्षमा गर्न नसकेको काम के हो ?’, भन्ने पत्रकारको प्रश्नमा सिंहले भने, ‘पूर्व राजदुत केशव झा हत्यारा अझै पत्ता लाउन सकेका छैनौं। तर अनुसन्धान भने जारी छ। नेपाल प्रहरीको महत्वपूर्ण बिभाग अन्तर्गत पर्ने अपराध महाशाखाको जिम्मेवारी, अपराध अनुसन्धान र संगठित अपराध विरुद्धको कारबाही हो। तर तत्कालीन समयमा मानव बेचविखन तथा साईवर क्राईम ब्युरो स्थापना नभएकोले त्यसको जिम्मेवारी पनि महाशाखाले नै गर्नुपर्थ्यो।
सिंहले अगाडि भने, ‘मोवाईलमा अस्लिल समाग्री राख्ने, विद्युतीय कारोबार दुरुपयोग, प्रेमिप्रेमिका बीचको झगडाबाट उत्पन्न ब्ल्याकमेल मात्र हैन, विभिन्न बहानामा हुने ठगिका उजुरीले थिचिएको महाशाखको अनुसन्धान आफैंमा चुनौतीपुर्ण छ।’
सिंहले महाशाखाको जिम्मेवारी सम्हालेका १ वर्ष २० दिनमा मुख्य ३० वटा अनुसन्धान सफल भएको जानकारी दिए। जसमध्ये निर्मला नेपालको हत्यारा, एनसेल कार्यलयमा भएको बम विस्फोट गराउने अभियुक्त, बसुन्धरामा बैदेशिक रोजगार व्यावसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा बम बिस्पोट गराउने मुख्य अभियुक्तलाई महाशाखाको टोलिले पक्राउ गर्न सफल भएका घटना रहेका छन्।
काठमाडौं मल कब्जा गर्ने गुन्डा नाईके राजु गोर्खाली, सट्टेवाजीका बादशाह नागराज भनिने नथमल अग्रवाल, महिलालाई प्रलोभनमा पारी ठगिगर्ने रविन कुमार चिमरीया, क्यानडा पठाउने भन्दै ठगिगर्ने सरिता अधिकारीलाई पक्राउ गरि जेल पठाइएको छ। यस्तै भक्तपुरको राधेराधेमा बालक निशान हत्याका अभियुक्तको इन्काउन्टर, ८ वर्षीय बालक प्रयास गुरुङको हत्यारा तथा मुगुकी शिक्षिका अजिता मल्लको हत्यारा नियन्त्रणमा आएका छन्।
काठमाडौंमा हाईप्रोफाईल हत्याको तयारी गर्दै गरेको अवस्थामा रोशन बुढाथोकी, माया सेरचन, सोम तामाङ्ग तथा अम्बर बहादुर रानालगायत ठुलो आर्थिक हिनामिना गरि फरार रहेका तत्कालीन किष्ट बैंकका कार्यकारी अधिकृत कमल ज्ञवालीलाईसमेत महाशाखाको टोलीले नियन्त्रणमा लिन सफल भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४