बिहीबार, वैशाख १३, २०८१

‘चिठी लेखेर नागरिकता बाँड्दैछ सरकार’ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
इटहरी – पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेस आचार्यले ओली सरकारले चिठी लेखेर नागरिकता बितरण गरेको बताएका छन। बुधबार दिउँसो दक्षिणी सुनसरीको देवानगन्ज गाउँपालिका २ को बजारमा आयोजित आम सभामा आचार्यले यस्तो बताएका हुन्। 

‘सरकारले कानुन बनाएर होइन चिठी लेखेर नागरिकता बितरण गर्दैछ’, आचार्यले भने। प्रधानमन्त्री ओलीले सहकार्य नगरेर पेलेर दुई तिहाइको दम्भ देखाएको बताउँदै आचार्यले कांग्रेस सरकारसँग सहकार्य गर्न तयार भएको तर सरकारले दम्भ देखाएर अगाडि बढेको आरोप लगाए। 

‘हिमाल पहाड तराई–मधेस नेपाली कांग्रेस’ नारा रहेको नेपाली कांग्रे्रेसको जागरण अभियानमा आचार्यले ओली सरकारले आलोचनाका काम धेरै गरेको बताए। वाइडबडी प्रकरण, निर्मला पन्त कान्ड र बालुवाटार कान्डमा प्रधानमन्त्री केपी शर्मा ओली आफैं बचाउमा लागेकोले जनता सरकारसँग आजित भएको आचार्यले बताए। उनले भने, ‘पत्रकार पक्राउ पर्छन्। न्यायाधीश आन्दोलनमा छन्। सरकारसँग कोही सन्तुष्ट छैनन्।’ 

कांग्रेसलाई सकृय बनाउन, भात्री संघसंगठन परिचालन गर्न र सरकारका खराब कुरामा खबरदारी गर्न कांग्रेसले जागरण अभियान ल्याएको नेता आचार्यले बताए।
नेपाली कांग्रेस प्रदेश १ का विपक्षी दलका नेता राजिब कोइराला, संघीय सांसद सिताराम मेहेता लगायत नेताहरु उपस्थित कार्यक्रममा सुनसरीका नेपाली कांग्रेसका नेताकार्यकर्ता र सर्वसाधारणको बाक्लो उपस्थिती रहेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।