इटहरी - विराटनगरलाई केन्द्र मानेर सोमबार साँझ पौने आठ बजे इटहरी र गोठगाँउ क्षेत्रमा राजधानी बनाउने प्रदेशसभाले घोषणा गरेको छ। २०७४ माघ २२ गते पहिलो बैठक बसेको प्रदेशसभाले १५ महिनापछि मात्रै स्थायी राजधानी तोकेको हो।
विराटनगरलाई राजधानी मानेर व्यवस्थापिका र कार्यपालीकाका संरचनाहरू बृहत्त विराट क्षेत्रका इटहरी र गोठगाँउ आसपास क्षेत्रमा बनाउने घोणणा सभामुख प्रदीप कुमार भन्डारीले गरेका थिए।
‘माननीय सदस्यहरू, माननीय बुद्धि कुमार राजभन्डारीद्वारा प्रस्तुत प्रदेश नम्बर १ को राजधानी विराटनगरमा रहनेछ’, सभामुख भन्डारीले सर्वाधिक चासोको स्थायी राजधानीको घोषणा गर्दै भने, ‘ कार्यपालिका, व्यवस्थापिका लगायतका अन्य संरचनाहरू बृहत् विराट क्षेत्र अन्तगर्तका विराटनगर, इटहरी र सुन्दरहरैचा क्षेत्र आसपास रहन्छ भन्ने प्रस्तावको पक्षमा प्रदेश सभामा तत्काल कायम रहेको सदस्य संख्याको दुई तिहाइ बहुमत प्राप्त भएकोले नेपालको संविधानको धारा २८८ (२) र प्रदेश नम्बर १ को प्रदेशसभा नियमावली पहिलो संशोधन सहित २०७४ को नियम ५८ (क) २२ बमोजिम उक्त प्रस्ताव पारित भएको घोषणा गर्दछु।’
यसरी सभामुखले संसदमा उपस्थित ८६ सांसदले ८६ मत नै प्रस्तावको पक्षमा भोट हालेपछिको फैसला गर्दै घोषणा गरेपनि सदनमा गड्गडाहट ताली भने बजेन। सर्वसम्मत स्थायी राजधानीको घोषणा हुँदापनि किन बजेन ताली? यसको जवाफ छ उपसभामुख सरस्वती पोखरेलसँग। मोरङको जिल्ला समन्वय समितिको भवनमा रहेको प्रदेशसभा सानो कोठामा सिमित भएकाले सांसदहरुलाइ ‘ढ्यापढ्यापे’ उपलब्ध छैन। सदनमा प्रस्तुत भएका विषयहलाई ध्वनि मत दिनको लागि आवस्यक कुनै पुर्वाधार संसद भवनमा छैनन्।
व्यवस्थित संसद भवन भएपछि मात्रै यो समस्याको अन्त्य हुने बताउँछन प्रदेश सभा सदस्य राजेन्द्र राई। राईका अनुसार कक्षाकोठा जस्तो संसद भवन भएकाले यो समस्या भएको हो। ‘पुर्वाधार अभावमा अहिलेको संसद भवन संसद भवन जस्तो छैन’, सांसद राई भन्छन, ‘यो दुर्गम गाँउको कोचाकोच विद्यार्थीहरुलाइ राखिएको कक्षाकोठा जस्तो छ।’
५ दलका ९३ सांसद भएको प्रदेश १ को प्रदेशसभाले सबैलाइ सहज अटाउने संसद बैठक हल देखि संसदीय दलका कार्यालय तथा संसद सचिवालय सबैमा समस्या भएको राईले बताए।
ध्वनिमत दिन, चित्त बुझेका कुरामा ताली बजाउन आवस्यक पुर्वाधार नभएर स्थायी राजधानी दुई तिहाइले पारित गर्दाको घोषणामा पनि सदन सुनसान भएको सभामुख प्रदीप भन्डारीले बताए। स्थायी राजधानीको टुंगो नलागेकाले यस्तो समस्या भएको र अब भने त्यस्तो नहुने भन्डारीले बताए। उनले भने, ‘अब सदनबाट सर्वसम्मत घोषणा भएको बमोजिम इटहरी, सुन्दरहरैचा वा विराटनगरमध्ये प्रदेशसभा जहाँ बन्छ त्यहाँ यो समस्या हुँदैन।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...