शनिबार, वैशाख ८, २०८१

'प्रधानमन्त्री ओलीले कसैलाई मान्छे नै गन्न छाडे'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
सिन्धुली- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीका अभिव्यक्तिहरु अहंकार र उन्मादले ग्रस्त भएको टिप्पणी गरेका छन् ।

नेपाल प्रेस युनियन सिन्धुलीले बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले प्रतिपक्षीलाई पुरै माइनस गर्ने र म जतिको कोही छैन भन्ने दम्भ प्रधानमन्त्री ओलीले देखाएको टिप्पणी गरेका हुन् । 

सरकारको नीति तथा कार्यक्रममा भएका त्रुटी औल्याउँदा उल्टै प्रधानमन्त्रीले प्रतिपक्षीलाई अपमान गरेको उनको आरोप छ । नेता पौडेलले सरकार अलोकतान्त्रिक मानसिकताले ग्रस्त भएकाले आर्थिक र सामाजिक अराजकता बढेको दाबी गरे । 

प्रधानमन्त्रीको अभिव्यक्ति कसैलाई मान्छे नै नगन्ने खालको भएकाले समस्या उत्पन्न भएको नेता पौडेलको भनाइ थियो।अलोतान्त्रिक तरिकाले सरकारको नीति कार्यक्रम पास भएको टिप्पणी गर्दै नेता पौडेलले 'लथालिंग देशको भताभु्ग चाला, जसजसले सक्छ, उसैले खाला' भन्ने जस्तै गरी लुटतन्त्र मच्चिएको आरोप लगाए।

कांग्रेसले थालेको जागरण अभियानका क्रममा प्रदेश २ को धनुषा हिँडेका पौडेलले सबै किसिमका अराजकता र गलत प्रवृत्तिको चिरफार गर्ने जनाए। अभियानले आफैं भित्र भएको धुलोलाई समेत बढार्ने दाबी गरे । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।