शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • 'राजाले मेरो सरकार भन्दा हुने, निर्वाचित राष्ट्रपतिले नहुने?'

'राजाले मेरो सरकार भन्दा हुने, निर्वाचित राष्ट्रपतिले नहुने?'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - प्रधानमन्त्री केपी ओलीले सरकारको नीति कार्यक्रममा उल्लेख भएको 'मेरो सरकार' शब्द झुक्किएर नभई जानी–बुझी राखिएको दाबी गरेका छन्। सरकारको नीति र कार्यक्रममाथि संसद्मा उठेका प्रश्नको मंगलबार जबाफ दिँदै यस्तो दाबी गरेका हुन्। उनले यो विषय अन्तर्राष्ट्रिय प्रचलन भएकाले यसको सुरु गरिएको बताए। ‘मेरो सरकार शब्द अन्तर्राष्ट्रिय प्राक्टिस हो। यो झुक्किएर राखिएको होइन, जानी–बुझी राखिएको हो’, प्रधानमन्त्रीले भने।

‘स्वघोषित संस्थाभन्दा निर्वाचित संस्था सम्मानित हुन्छ, राजा–महाराजाले मेरो सरकार भन्दा हुने निर्वाचित राष्ट्रपतिले किन नहुने?’ ओलीले प्रश्न गरे। प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले बेलायतको महारानीको जस्तो सम्बोधन भएको तर्फ संकेत गर्दै उनले कूटनीति मर्यादा उल्लंघन भएको दाबी गरे। उनले भने, ‘बेलायत हाम्रो मित्रराष्ट्र हो। बेलायतको महारानीको जस्तो सम्बोधन भनेर होच्याउने काम भयो।’ मेरो सरकारबारे भारतको उदाहरण दिँदै प्रधानमन्त्री ओलीले जिन्दगीभर कांग्रेसको राजनीति गरेका प्रणव मुखर्जीले बिजेपीको सरकार बन्दा नीति कार्यक्रममा मेरो सरकार शब्द प्रयोग गरेको बताए।

उनले भने, ‘ढुक्कले भन्ने हो मेरो देश, मेरो धर्ती र मेरो सरकार। आफ्नो देशको सरकारलाई राष्ट्रपतिले मेरो सरकार भन्नु अत्यन्त उत्तम हो।’ उनले प्रतिपक्षलाई आफ्नो सरकार भन्न गाह्रो भए पनि आफूलाई नभएको बताए।

उनले संविधान संशोधनका विषयमा छलफल गर्न सरकार तयार रहेको बताए। उनले भने, ‘संविधान असंशोधनीय हुँदैन। जनता र देशको भलाइका लागि संविधान संशोधन हुन्छ। कुनकुन विषयमा गर्नुपर्‍यो सरकार छलफल गर्न तयार छ।’

उनले कम्युनिस्ट भनेको गरिब हो भनेर आलोचना गर्नु गलत रहेको बताए। उनले भने, ‘हामीले भनेको समृद्धि र त्यसको वितरण कोही पनि नेपाली विपन्न हुन सक्दैन भन्ने हो।’ गएको एक वर्षमा मुलुकमा हरेक क्षेत्रमा महत्त्वपूर्ण काम भएको दाबी गरे। उनले भने, ‘२१०० वर्षसम्म के गर्न सकिन्छ भनेर योजना ल्याएको छ। त्यतिबेलासम्म कहाँ पुग्छौं भन्ने कुरालाई हेक्का राखेर अहिलेदेखि नै कसरी जाने भनेर छलफल भइरहेको छ।’

संसद्मा दिउँसै सपना देखेको भनी प्रतिपक्षले गरेको टिप्पणीको ओलीले कडा प्रतिवाद गरे। नीति कार्यक्रमले राति सपना देखेको होइन, देश बनाउने सपना राति देखिँदैन दिउँसै देखिन्छ, यसमा देश बनाउने सपना छ’, ओलीले भने, ओलीले प्रतिपक्षको आलोचना हेर्दा नीति कार्यक्रममा कुनै आलोचना गर्ने ठाउँ रहेनछ भनेर आफु ढुक्क भएको बताए।

खुलामञ्चको जग्गा कांग्रेस सरकारले मासेको दाबी

प्रधानमन्त्री ओलीले खुलामञ्चको जग्गा कांग्रेस सरकारले मासेको आरोप लगाए। ‘यो सरकार आएपछि खुलामञ्च मासिएको होइन, अघिल्लो सरकारले मासेको हो। अहिले त्यसलाई रोकेर छानबिन भइरहेछ।’ बालुवाटारको जग्गा पनि अघिल्ला सरकारका पालामा बेचिएको दाबी गर्दै ओलीले अहिले त्यसलाई रोकेर छानबिन गर्ने काम भइरहेको बताए। उनले वाइडबडी प्रकरण पनि आफ्नो सरकारका पालामा नभएको दाबी गर्दै त्यसको पनि छानबिन भइरहेको बताए।

ठेक्कापट्टामा ढिलाइ भएको आरोपको पनि ओलीले कडा प्रतिवाद गरे। उनले भने, ‘पन्ध्र वर्षअगाडि लगाएको ठेक्कामा काम भएको छैन। नभए पनि ठेक्का थप्ने काम भएको छ।’ रेल र पानीजहाजका कुरा गर्दा भात खाने कुरा गरांै भनी आलोचना आएको तर्फ संकेत गर्दै ओलीले प्रश्न गरे, ‘भात खाने मात्र कुरा गरेर बस्ने ? त्योभन्दा अलि अघि बढांै न’, पानीजहाजको कुरा गर्दा आफूलाई आलोचना गरेको प्रति ओलीले प्रश्न गर्दै भने, ‘हामीले आफंै एउटा स्टिमर बनाएर चलाएका छौं, यो भन्दा अघि किन बनाइएन?
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।