बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रचण्डले गरे नीति कार्यक्रमको बचाउ : ‘सत्तापक्ष र प्रतिपक्ष दुबैले धन्यवाद दिउँ'

प्रचण्डले गरे नीति कार्यक्रमको बचाउ : ‘सत्तापक्ष र प्रतिपक्ष दुबैले धन्यवाद दिउँ'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौ– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति कार्यक्रमको बचाउ गरेका छन्। संसदमा सरकारको नीति कार्यक्रममाथिेको छलफलमा मंगलबार बोल्दै उनले यसको बचाउ गरेका हुन्।

अहिलेको संसद विगतको जस्तो परम्परावादी नभएको भन्दै एक वर्षमा सरकारले उल्लेख्य काम गरेको उनले दाबी गरे। ‘म सत्तापक्षको भएकोले मात्र होइन, सरकारले एक वर्ष गरेको काम हेर्दा सत्तापक्ष र प्रतिपक्ष दुबैले धन्यवाद दिनुपर्छ।’ उनले भने। लोकतान्त्रिक गणतन्त्रप्रति जनताले गरेको अपेक्षा पुरा नभएको तर सुरु भएको उनले बताए।
 
उत्तर दक्षिण र पूर्व पश्चिम रेल तथा अन्तर्राष्ट्रिय विमानस्थलको कुरा गर्दा पुरा होला र भनेर प्रश्न गर्ने गरिएको भएपनि प्रचण्डले ति पुराहुने दाबी गरे। जनताको अगाडि निर्धारित लक्ष्य राखेर राजनीतिक दलहरु अगाडि बढ्न् पर्नेमा उनले जोड दिए। हिजो बिभिन्न विद्रोह र आन्दोलनबाट आएका नेताहरु नै संसदमा भएकोले ठुला परिवर्तन र उपलब्धि प्राप्त गर्न सक्छौ भन्ने आत्मविश्वास राख्न सक्ने उनले बताए। 

अव समृद्धिका लागि भौतिक राजनीति आधार आफुहरुसँग भएको उनले बताए। उनले अगाडि केही चुनौती रहेको उल्लेख गर्दै त्यसलाई समाना गर्न सक्ने क्षमता आफुहरुसँग भएको बताए। 

सरकारले ठुलो आकांक्षासहित नीति कार्यक्रम ल्याएको र यसको कार्यान्वयमा सबै पक्ष लाग्नु पर्ने प्रचण्डले बताए। प्रतिपक्षले आश्वासनको पोका भन्नु स्वभाविक भएपनि सत्तापक्षले त्यसको कार्यान्वयनमा लाग्नुपर्ने अध्यक्ष दाहालले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।