काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीले मलेसिया र चाइनिज ताइपेइसँग दुई मैत्रीपुर्ण खेल खेल्ने भएको छ । २०२२ को विश्वकप छनोटको तयारीमा रहेको नेपालले छनोट पुर्ण दुई मैत्रिपूर्ण खेल खेल्न लागेको हो ।
नेपालले २ जुनमा मलेसियासँग आफ्नो पहिलो मैत्रिपूर्ण खेल खेल्ने छ भने ६ जुनमा चाइनिज ताइपेईसँग खेल्ने छ । यसअघि मेलेसियासँग हुने भनिएको कैत्रिपूर्ण खेल स्थगित भएको थियो ।
सोही रद्ध भएको खेललाई निरन्तरता दिन मलेसिया फुटबल एसोसिएसनले एन्फालाई पुनः खेलको लागि अनुरोध गरेको थियो । मलेसियासँगको खेल स्थगित भएपछि नेपालले कुवेतसँग दुई मैत्रीपुर्ण खेल खेलेको थियो ।
जसमा नेपालले एक खेल बराबरी खेल्दा एक खेलमा पराजय भएको थियो । नेपालले मैत्रीपुर्ण खेल र विश्वकप छनोटको दोस्रो चरणको खेलको लागि मंगलबारबाट प्रशिक्षण सुरु गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४