बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • देशभरका अतिक्रमित जग्गा फिर्ता ल्याउन शक्तिशाली आयोग गठन

देशभरका अतिक्रमित जग्गा फिर्ता ल्याउन शक्तिशाली आयोग गठन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- सरकारले देशभर अतिक्रमणमा परेका जग्गा खोज्न र छानविन गर्न शक्तिशाली आयोग गठन गरेको  छ।

एक पछि अर्को गर्दै देशभरका सरकारी र सार्वजनिक जग्गा अतिक्रमणमा परेको खबर बाहिरीएपछि सरकारले अयोग गठन गरेको हो । सोमबारको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश मोहनमणि भट्टराईको अध्यक्षतामा चार सदस्यीय अधिकारसम्पन्न आयोग गठन गरेको हो ।

आयोगमा भूमिअधिकारकर्मी जगत देउजा, पूर्वसहसचिव जानकीवल्लभ अधिकारी र महोत्तरीकी दुर्गा दाहाल सदस्य छन् । यस्तै, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सहसचिव शंकरबहादुर थापालाई आयोगको सदस्यसचिव तोकिएको छ ।

प्रधानमन्त्री निवास नै व्यक्तिको नाममा नामसारी भएको, बालुवाटारको ११३ रोपनी भन्दा ज्यादा जग्गा व्यक्तिको नाममा नामसारी भएको घटनाले पुरै मुलुक तरंगित बनाएको थियो । नव गठित आयोगले बालुवाटारको पुरै जग्गा सरकारका नाममा फिर्ता ल्याउने गरि काम गर्ने जनाइएको छ । 

यस्तै हायात होटले कब्जा गरेको जग्गा, विभिन्न नदी मिचेर व्यक्तिको नाममा पुर्याइएको जग्गा, सार्वजनिक चौर हडपेर घर टहरा बनाइएका जग्गामाथि छानविन गर्ने र सरकारको नाममा ल्याउनका लागि आयोगले सिफारिस गर्ने छ ।
 
काठमाडौंको टुकुचा नदी, मनोहरा खोला, ललितपुरको कर्मानासा लगायतका नदिसमेत अतिक्रमण गरेर व्यक्तिले निजी बनाएको विषयमा पनि अयोगले छानविन गर्ने भएको छ। देशैभर देखिएको यो समस्याका विषयमा छानविन गर्न आयोगलाई ६ महिनाको समय दिइएको छ ।

विगतमा अधिग्रहण गरी सरकारको स्वामित्वमा ल्याइएको जग्गा, गुठीका जग्गा र अन्य सरकारी जग्गा हिनामिना तथा अतिक्रमणको ६ महिनाभित्र छानबिन गर्ने जिम्मेवारी सरकारले आयोगलाई दिएको हो ।

छानविनबाहेक व्यक्तिको नाममा लगिएको सरकारी जग्गा सरकारकै नाममा फिर्ता ल्याउने, जग्गा हिनामिनामा संलग्न कर्मचारीसहित अन्य व्यक्तिलाई कारबाहीको सिफारिस गर्ने अधिकारसमेत आयोगलाई दिइएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।