शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री देउवा र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवासँग आइतबार भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले भेटवार्ता गरेका छन्।
 |  आइतबार, भदौ ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ६, २०७८

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवासँग आइतबार भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले भेटवार्ता गरेका छन्।  चारदिने अनौपचारिक भ्रमणका क्रममा आएका उनले देउवासँग शिष्टाचार भेटवार्ता गरेका हुन्। 

triton college

प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटवार्तामा चौथाइवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाएको स्रोतले जानकारी दियो। देउवा प्रधानमन्त्री भएपछि भेट्ने चौथाइवाले भारतका सबैभन्दा उच्चस्तरीय नेता हुन्। 

देउवा प्रधानमन्त्री भएपछि भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोनमा कुराकानी भएको थियो। 

चौथाइवालेले कांग्रेस सहमहामन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसँग पनि भेटवार्ता गरेका छन्। भेटमा नेपाली कांग्रेस र भारतीय जनता पार्टीबीच सम्बन्ध विस्तारबारे छलफल भएको बताइएको छ।चौथाइवाले डा. महतको निमन्त्रणामा आएका हुन्। 

प्रकाशित: Aug 22, 2021| 21:21 आइतबार, भदौ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।