शुक्रबार, वैशाख ७, २०८१

जनकपुरधाम उपमहानगरको नगरसभा किन भयो बहिष्कार ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम - जनकपुरधाम उपमहानगरपालिकाले डाकेको तेस्रो नगरसभा वडाध्यक्ष र वडा सदस्यहरुले बहिष्कार गरेका छन्। चालू आर्थिक वर्षको आयव्यय र आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रम पारित गराउन उपमहानगरपालिकाले सोमबार डाकेको नगरसभा वडाध्यक्ष तथा सदस्यहरुले बहिष्कार गरेका हुन्।

नगरसभामा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले मनोमानी गर्दै तानाशाही प्रवृत्ति देखाएको आरोप लगाउँदै ८ जना वडाध्यक्ष तथा ४० भन्दाबढी वडा सदस्यहरुले बहिष्कार गरेका छन्।

उपमहानगरपालिकाले आगामी वर्ष करारमा कर्मचारी भर्ना गर्ने प्रस्तावको विरोध गर्दै वडाध्यक्ष र सदस्यहरु नगरसभा हलबाट बाहिरिँदै बहिष्कारमा उतरेका छन्। यसका साथै चालु आर्थिक वर्षमा विभित्र शीर्षकहरुमा देखाइएको खर्चप्रतिसमेत उनीहरुले असन्तुष्टि व्यक्त गरेका छन्।

करारमा कर्मचारी भर्ना गर्न संघीय सरकारले यसअघिनै रोक लगाइसकेको अवस्थामा कानूनविपरित करारमा कर्मचारी भर्ना गर्ने प्रस्ताव नगरसभामा ल्याइएको उनीहरुले बताएका छन्। कानुनविपरित गरिने कार्यको विरोध गर्दा मेयरले विरोध गर्न नपाइने भन्दै आफूहरुको आवाज बन्द गर्न खोजेको उनीहरुको आरोप छ। नगरसभाको निर्णयमा आफूहरुले ‘नोट अफ डिसेन्ट’ लेख्न खोजेपनि मेयरले यसो गर्न नदिएको असन्तुष्ट वडाध्यक्षहरुको दाबी छ।

‘संघीय सरकारले करारमा कर्मचारी भर्ना गर्न नपाइने निर्णय गरिसकेको छ,’ वडा नम्बर ९ का अध्यक्ष परमेश्वर साहले भने,‘ झण्डै डेढ सय करार कर्मचारी भर्ना गर्ने कुरा गरिएको छ। गैरकानुनी कार्यप्रति हामीले असहमति राख्न खोज्यौं। तर हामीलाई ‘नोट अफ डिसेन्ट’ लेख्न दिइएन्।’

चित्त नबुझेको कुरामा असहमति व्यक्त गर्ने लोकतान्त्रिक अधिकार हुँदाहुँदै यहाँ मनोमानी गरिएको वडा नम्बर १५ का वडाध्यक्ष अशोक चौधरीले बताए। ‘करारमा कर्मचरी भर्ना हुँदा भविष्यमा अख्तियारले छानबिन गरे हामी त्यसको भागिदार बत्र चाहेका छैनौं,’ चौधरीले भने।

करारमा कर्मचारी भर्ना गर्न नगरसभाबाट पारित गराइएको प्रस्तावविरुद्ध उनीहरु प्रमुख जिल्ला अधिकारीलाई लिखित जानकारी गराउनुका साथै अदालतसम्म जाने चेतावनीसमेत दिएका छन्।
यसबाहेक नगरसभामा प्रस्तुत भएका व्ययप्रतिसमेत उनीहरुले विरोध जनाएका छन्। कतिपय शीर्षकमा हुँदै नभएको खर्चसमेत आयव्ययको विवरणमा समावेश गरिएको उनीहरुले दाबी गरेका छन्।

यसैबीच नगरसभा बहिष्कार गरेका वडाध्यक्ष तथा सदस्यहरुले जनकपुरमा विरोध प्रदर्शनसमेत गरेका छन्। स्थानीय गोपालधर्मशालामा भेला भएका उनीहरुले मेयरविरुद्ध चर्को नाराबाजी गर्दै जुलुस प्रदर्शन गरेका थिए।

नगरसभा चलिरहँदा वडा सदस्यहरु सभास्थल बाहिर

उपमहानगरपालिकाको सभाहलमा तेस्रो नगरसभा चलिरहँदा विभित्र वडाका सदस्यहरु बनभोज मनाइ रहेका थिए। नगरसभा बहिष्कार गरेका ४० भन्दा बढी वडा सदस्यहरु जनकपुरधाम उपमहानगरपालिका–२५ स्थित लोहनामा बनभोजमा व्यस्त थिए। आफूहरुलाई जानकारी नै नदिइ योजना तथा कार्यक्रमहरु ल्याउने गरिएको भन्दै आफूहरुले नगरसभा बहिष्कार गरेको उनीहरुले बताएका छन्। ‘योजनाबारे हामीलाई केहि जानकारी गराइँदैन्,’ राजपाबाट निर्वाचित वडा सदस्य अमर मण्डलले भने,‘थाहै नभएको योजनाको साक्षी हामी किन बस्ने ? यसै कारण हामीले नगरसभा बहिष्कार गरेका हौं।’ स्थानीय तहको नियम उल्लंघन गर्दै हैकम लादेर नगरसभा गर्न खोजिएको मण्डलको दाबी छ।

वडा सदस्य सञ्जु दासले गंगासागर र धनुषसागर सरसफाइको नामा ५० लाख रुपैयाँ कामै नगरी निकासा गरिएको, लामुखुट्टे मुक्त गर्ने नाममा १ करोड निकासा गरिएको, ३० किलोमिटरसम्म मात्र चलेको एम्बुलेन्सको नाममा ५ लाख रुपैयाँ निकासा गरी अनियमितता गरिएको कुरालाई वैधानिकता दिन नगरसभा आयोजना गरिएकोले उपस्थित नभएको उनले बताइन्।

नगरसभा बहिष्कार गर्ने वडाध्यक्षहरुमा वडा नम्बर २ का शिवकुमार साह, वडा नम्बर ५ का मनोज साह, वडा नम्बर ९ का परमेश्वर साह, वडा नम्बर १० का मिथिलेश कर्ण, वडा नम्बर १२ का शत्रुध्न यादव, वडा नम्बर १५ का अशोक चौधरी र वडा नम्बर २५ का उमेश यादव रहेका छन्। यसैगरी विभित्र वडाका ५० भन्दाबढी वडा सदस्यहरुले नगरसभा बहिष्कार गरेका छन्। वडाध्यक्ष र वडासदस्य गरी कूल १३० जना नगरसभा सदस्य रहेका छन्। उपमहानगरपालिकामा परिषद्को निर्णय पारित गराउन ५१ प्रतिशत बहुमत पुर्‍याउनु पर्ने  कानुनी प्रावधान रहेको छ।

मेयर भन्छन– कोरम पुगेको छ

यता वडाध्यक्ष तथा सदस्यहरुले नगरसभा बहिष्कार गरेको बारे मेयर लालकिशोर साहले अनभिज्ञता प्रकट गरेका छन्। नगरसभामा वडाध्यक्ष तथा वडासदस्यहरु असन्तुष्ट रहेको बारे आफूलाई केहि जानकारी नरहेको उनले बताए। सभाहल भरिभारउ रहेको भन्दै नगरसभाको कोरमबारे प्रश्न उठाउनुको कुनै तुक नरहेको उनको भनाइ थियो। कतिपय वडाअध्यक्ष तथा वडासदस्यहरु आफन्तको बिहेबारीमा व्यस्त रहेकोले नगरसभामा उपस्थित हुन नसकेको उनले दाबी गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।