शनिबार, वैशाख ८, २०८१

यसरी भित्र्याउँदै छ लुम्बिनीले पर्यटक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
भैरहवा - गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणको निम्तो दिन आएका लुम्बिनीबासीसँग पाल्पा र स्याङ्जाका नगरप्रमुख रोड सोमा सहभागी मात्रै नभएर पन्चेबाजामा छमछमी नाचेका छन्। बुद्ध जन्मस्थल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं भन्दै लुम्बिनीबासी लुम्बिनी भ्रमण वर्ष २०७६ को निम्तो दिन पाल्पा र स्याङ्जाका स्थानीय सरकार र स्थानीयबासीसँग भेटघाट गरेका हुन्।

अघिअघि धपक्क बलेका महामानब बुद्धको प्रतिमा, पछिपछि बुद्ध जन्मस्थल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं भन्ने मूल नारा लेखिएका ब्यानर प्लेकार्ड बोकेका लुम्बिनीबासीसँगै स्थानीय सरकारका प्रमुख उपप्रमुखसहित संघसंस्थाका प्रमुखहरू एकैसाथ नगरबासीलाई लुम्बिनी भ्रमणको निम्तो दिँदै रोड शो गरेका हुन्।



पाल्पाको तानसेनमा नगरप्रमुख अशोक शाहीले ब्यानर समाएर टुँडिखेलदेखि भीमसेन टोल, नारायण टोल हुँदै शीतलपाटी, दरबार मखन टोलमा पुग्दा सबैले बुद्धको प्रतिमाप्रति नतमस्तक हुँदै नमस्कार गर्नेहरूको लर्को देखिन्थ्यो। सडकछेउमा नमस्कार गर्दै बसेकाहरूलाई लुम्बिनी भ्रमणको निम्तो दिँदै गर्दा स्थानीयहरू टाउको हल्लाएर आउने निम्तो स्वीकारिरहेका थिए।

दिउँसोको टन्टालपुर घाममा तानसेनमा निम्तो बाँडेपछि उक्त टोली सम्साझैं पुतली बजार पुग्दा पुतलीबजारमा खादा र टीका लिएर पुतलीबजार नगर प्रमुख सीमा क्षेत्री उपप्रमुख महेश पुरीलगायतका जनप्रतिनिधि बसेका थिए। उनीहरू पनि त्यहाँ साँझमा पन्चेबाजासहित लुम्बिनी जाऔं भन्ने सन्देशसहित बजार परिक्रमा गर्न भ्याए। पुतली बजारमा नगर प्रमुख सीमाले लुम्बिनीबासीसँगै बुद्ध जन्मस्थल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं भन्ने गीतमा छमछमी नाचेकी थिइन्।

आगामी जेठ ४ गते बुद्धजयन्तीको दिन घोषणा हुन थालेको लुम्बिनी भ्रमण वर्ष २०७६ को प्रचारप्रसार गर्ने क्रममा रोड सो को टोली स्याङ्जाको भैरहवा, बुटवल, पाल्पा हुँदै पुतलीबजार पुगको हो। आइतबार बिहान भैरहवास्थित सिद्धार्थ बसपार्कमा पर्यटनमन्त्री लीला गिरीले शान्तिको प्रतीक परेवा उडाएर शुभारम्भ गरेको उक्त कार्यक्रम भैरहवामा बसपार्कदेखि देवकोटा चोकसम्म, बुटवलमा कालिकानगरदेखि बसपार्कसम्म, तानसेनमा टुँडिखेलदेखि शीतलपाटीसम्म र पुतलीबजारमा बजार परिक्रमा गरिएको थियो।



रोड सोको शुभारम्भ कार्यक्रममा मन्त्री गिरीले लुम्बिनी प्रदेश ५ को समृद्धिको मुख्य आधार भएकाले सरकारले योजनासहित लुम्बिनी भ्रमण वर्ष घोषणा गरेको बताउँदै सबै मिलेर यो कार्यक्रम सफल पार्नुपर्ने बताए। मन्त्री गिरीले लुम्बिनी नेपालको पर्यटनको प्रमुख केन्द्र भएकाले सोहीअनुसार विकास गर्न थालिएको बताए।

पर्यटन मन्त्रालयका सचिव धनञ्जय सापकोटाले कार्यक्रम  सफल पार्नका  निजी क्षेत्र, संघसंस्था, नागरिक समाज र पत्रकारको भूमिका अपरिहार्य रहेको बताए।

कार्यक्रमका संयोजकसमेत रहेका सिद्धार्थ होटल एसोसिएसनका सचिव रवीन्द्र शर्मा घिमिरेले पहिलो चरणको कार्यक्रमअन्तर्गत भैरहवा, बुटवल, पाल्पा, स्याङ्जा, पोखरा, दमौली हुँदै काठमाडौंमा रोड सो गरिने बताए।

बुटवलमा लायन्स क्लबका डिस्ट्रक गभर्नर सुनिल ओझाले रोड सोलाई सम्बोधन गर्दै सबै संघसंस्थाको सक्रियतामा लुम्बिनी भ्रमण वर्ष सफल पार्नुपर्ने बताए। यसैगरी पाल्पामा तानसेन नगरपालिकाका प्रमुख अशोक शाहीको सहभागितामा र्‍याली भएको थियो। नगरपालिका प्रमुख शाहीले बुद्ध पूर्णिमा दिन लुम्बिनी आउने र तानसेनबासीलाई पनि लुम्बिनीको निम्तो पुर्‍याउने बताए।



स्याङ्जाको पुतलीबजारमा रोड शोपश्चात् आयोजित कार्यक्रममा पुतलीबजार नगर प्रमुख सीमा खत्रीले स्याङ्जालीहरूलाई लुम्बिनी जानका लागि रोड सोले थप उत्साहित बनाएको बताए। रोड सो कार्यक्रम लुम्बिनी भ्रमण वर्षका लागि अत्यन्तै प्रभावकारी देखिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी शेषदत्त चौधरीले बताए।

रोड सोको टोलीले सोमबार पोखरामा, मंगलबार दमौलीमा र त्यसपछि काठममाडौं पुग्नेछ। रोड सोमा बुद्ध प्रतिमा, लुम्बिनी जाऔं लेखिएका प्ले कार्ड, बुद्ध संगीत, बुद्ध झन्डासहित लुम्बिनीका ब्रोसरहरू बाँड्दै लुम्बिनी भ्रमणको निम्तो दिइरहेको टोलीका सदस्य लुम्बिनी विकास कोषका सहायक प्रशासन प्रमुख नवराज अधिकारीले बताए।

लुम्बिनी क्षेत्रको प्रचारप्रसारका लागि रोड सो कार्यक्रम महत्त्वपूर्ण रहेको कार्यक्रममा सहभागी रामग्राम नगरपालिका वडा नं ९ का वडाध्यक्ष सुनिलकुमार पाठकले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।