मंगलबार, वैशाख ४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • महाकालीमा खसालिएका जयसिंह अझै भेटिएनन्, बैतडीतिर खोज्दै सरकार

महाकालीमा खसालिएका जयसिंह अझै भेटिएनन्, बैतडीतिर खोज्दै सरकार

साउन १५ गते भारतको बाटो भएर दार्चुला सदरमुकाम खलङ्गा आउने क्रममा व्यास गाउँपालिका–२ मालघाटमा तुइन तर्ने क्रममा जयसिंह महाकाली नदीमा खसालिएका थिए।
 |  आइतबार, भदौ ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ६, २०७८

बैतडी- महाकालीको तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)का एक प्रहरीले लठ्ठा काटिदिएपछि नदीमा खसेर बेपत्ता भएका जयसिंह धामीको अवस्था अझसम्म पनि अज्ञात छ। दार्चुलाको व्यासका धामीको खोजीका लागि सरकारले काम गरिरहेको र यतिबेला बैतडीमा खोजी भइरहेको बताएको छ। 

triton college

साउन १५ गते भारतको बाटो भएर दार्चुला सदरमुकाम खलङ्गा आउने क्रममा व्यास गाउँपालिका–२ मालघाटमा तुइन तर्ने क्रममा जयसिंह महाकाली नदीमा खसालिएका थिए। 

बेपत्ता जयसिंहको खोजीका लागि बैतडीमा पनि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।  महाकाली नदी दार्चुला–बैतडी–डडेल्धुरा हुँदै कञ्चनपुर भएर बग्ने गर्दछ। बगेर बेपत्ता भएका जयसिंह बैतडीस्थित महाकाली क्षेत्रमा पनि भेटिन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै सुरक्षाकर्मी परिचालन गरिएको हो। निमित्त प्रजिअ भारतीले भने, 'महाकाली नदी किनार क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरेर खोजी गरिरहेका छौँ।'

यसअघि घटनाको छानबिन गर्न सरकारले गठन गरेको समितिले गत साउन २६ गते बैतडीमा जिल्ला सुरक्षा समितिको टोलीसँग छलफलसमेत गरेको थियो। गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा गठित उक्त समितिले बेपत्ता जयसिंहको खोजतलासमा तीव्रता दिने विषयमा छलफल गरेको थियो।  

साथै उक्त समिति सोही दिन बैतडीको महाकाली नदी किनारमा रहेको झुलाघाट क्षेत्रमा खोजतलास गर्न पनि पुगेको थियो। बैतडीमा दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिका महाकालीनदीसँग जोडिएका छन्। भारतसँग बैतडीको ६१ किलोमिटर सीमा जोडिएको छ। उक्त क्षेत्रमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले नियमितरूपमा खोजी गरिरहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।

corrent noodles
Metro Mart

बेपत्ता भएको २२ दिनसम्म पनि जयसिंहको अवस्था अज्ञात छ।  घरपरिवारले भने जयसिंहको कुशको शव बनाएर अन्त्येष्टि गरिसकेका छन्।  भारतको बाटो भएर सदरमुकाम खलङ्गा आउने क्रममा व्यास–२ मालघाटमा तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काट्दा जयसिंह बेपत्ता भएको प्रत्यक्षदर्शीले बताएका छन्। बेपत्ता जयसिंहको खोजीका लागि दार्चुलामा नेपाल प्रहरीको प्राविधिक टोलीसँगै ड्रोन क्यामेरा प्रयोग गरिएको छ।

सरकारले घटनाको छानबिनका लागि साउन १७ गते सहसचिव जनार्दन गौतम नेतृत्वको गठन गरेको छानबिन टोलीमा प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रजिअ ज्योत्सना भट्ट जोशी रहेका छन्। 

साउन १९ गते दार्चुला पुगेको उक्त छानबिन समितिले जिल्लामा रहँदा नेपाल–भारत दुवै तर्फबाट घटना भएको ठाउँको स्थलगत निरीक्षण गर्नाका साथै जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, पत्रकार, मानवअधिकारकर्मी, स्थानीयवासी र घटनाका प्रत्यक्षदर्शी तथा सुरक्षा निकायसँग छलफल एवं सूचना सङ्कलन गरेको थियो। टोलीले घटनास्थलको नेपाल–भारत दुवैतर्फ स्थलगत अवलोकन अध्ययन पनि गरेको थियो। -रासस

प्रकाशित: Aug 22, 2021| 21:11 आइतबार, भदौ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।