मंगलबार, वैशाख ११, २०८१

जसले आफ्नो बालविवाह आफैं रोकिन्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम - सर्लाहीको गढइता नगरपालिका बस्ने रुमा (नाम परिवर्तन) बिहे र त्यसपछि सुरु हुने जीवनबारे अनभिज्ञ छिन्। १७ वर्षकी रुमाको विद्यालय गएर पढ्ने र गाउँमा साथीसँग खेलकुद गरेर रमाउने रहर अझै गइसकेको छैन।

तर साथीहरुसँग रमाउने, आमाबाबुको माया पाउने रुमाको रहरमाथि त्यतिबेला चोट पर्‍यो जब उनले आफ्नो बिहे हुन लागेको थाहा पाइन्। बिहेको कल्पना नै गरेकी रुमाको बाबुले उनको बिहेबारी पक्का गरिदएका रहेछन्। 

झन्डै दोब्बर ३० वर्षका एक युवकसँग रुमाको बिहेबारी पक्का भएको थियो। तर रुमाले भने कुनै हालतमा बिहे नगर्ने अड्डी कसिन्। रुमा भन्छिन्, ‘बुबाले जबरजस्ती मेरो बिहे गर्न खोज्नुभएको थियो। तर मैले कुनै हालतमा बिहे नगर्ने जिद्दी गरें।’

उमेर पुगेपछिमात्रै बिहे गर्नुपर्छ भने पनि बुबाले जबरजस्ती बिहे गर्न खाजेको उनी बताउँछिन्। ‘बिहे गर्ने मेरो उमेर भएको छैन, यस विषयमा म जानकार थिएँ। उमेरअगावै बिहे गर्दा थुप्रै समस्या हुने गरेको मैले सुनको थिएँ। त्यसैले बाबुको कुरा सुनिन् र आफ्नो कुरामा अडिग रहें,’ रुमाले सुनाइन्।

‘आमा मेरो कुराबाट सहमत हुनुहुन्थ्यो,’ आफूसँग घटेको वृत्तान्त सुनाउँदै रुमा भन्छिन्, ‘आमालाई मैले विश्वासमा लिइसकेको थिएँ। तर बुबा कसैको कुरा मात्र तयार हुनुहुन्नथ्यो। कुरा नमाने आरपार हुने बुबाको चेतावनी थियो।’

आफूले भनेको कुरा मात्रैपर्ने बाबुको जिद्दी स्वभावको अगाडि केही नचलेपछि बरु जीवन त्याग गर्ने तर बिहे नगर्ने रुमाले आमालाई सुनाइदिइन्। रुमाले ज्यानै दिने कुरा गरेपछि परिवारमा कलह झन् बढ्दै गएको उनी सम्झिन्छन्।

बिहे गर्न त्यो केटाले डेढ लाख नगद र १८० सिसीको मोटरसाइकल दाइजो माग गरेको कुराले पनि रुमाको चित्त मानेको थिएन्। ‘बिहेका लागि मेरो उमेर पनि पुगेको थिएन। झन् त्यो केटाले दाइजो माग गरेपछि बिहे गर्ने मनै भएन,’ रुमा भन्छिन्, ‘बुबा त दाइजो दिन पनि तयार हुनुहुन्थ्यो। तर मैले मानिन्।’ केटाले उनको बाबुलाई नगद बैंकमा राखिदिन र मोटरसाइकल खरिद गर्न भनेको रुमाले थाहा पाएकी थिइन्।

रुमा बिहे गर्न तयार नभएपछि केटा दाइजोबिनै पनि बिहे गर्ने मन बनाइसकेका थिए। रुमा भन्छिन्, ‘एक दिन त्यो केटाले मलाई फोन गरेर दाइजो बिनै बिहे गर्ने कुरा सुनायो। तर मैले तिमीसँग कुनै हालतमा बिहे नगर्ने भनिदिएँ।’

रुमाले गरेकी सही हठको अगाडि उनको बाबुको केही पनि चलेन। र, उमेर पुग्नुअगावै बिहे हुनबाट रुमा जोगिइन्। जन्मदर्ता प्रमाणपत्रअनुसार उनके उमेर २० वर्ष पुगेको देखिन्छ। तर बाबुले उमेर थपेर आफ्नो जन्मदर्ता बनाएको कुराबाट अवगत छिन्, रुमा। वास्तविक उमेर नपुगुन्जेल विवाह कुनै पनि हालतमा बिहे नगर्ने अडान लिएकी छिन् उनले।

बालविवाह नगर्ने रुमाको निर्णयबाट अहिले उनको बुबा खुसी छन्। आफूले लिएको त्यो निर्णयपछि परिवारमा केही दिन तनाव बढे पनि अहिले बुबा खुसी रहेको रुमाले सुनाइन्। रुमा आफ्नो मात्र नभएर टोलछिमेकमा हुने बालविवाहसमेत रोक्न सफल भएकी छिन्। गाउँमा हुन लागेको ३/४ वटा बालविवाह आफ्नो पहलबाट रोकिएको रुमाको भनाइ छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।