बिहीबार, वैशाख १३, २०८१

प्रदेश १ राजधानी : संसदमा प्रस्ताव, सडकमा हड्ताल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
इटहरी- विराटनगरलाई प्रदेश १ को स्थायी राजधानी बनाउन संसद्मा प्रस्ताव पेश भएसँगै विराटनगरमै आमहड्ताल गरिएको छ ।  आइतबार पेश भएको प्रस्ताव पारित गर्नका लागि दवाव दिने उद्देश्यले विभिन्न दल र नागरिक अगुवाहरुले हड्ताल गरेका हुन् ।

आइतबार नेकपा र प्रमुख प्रतिपक्षीले विराटनगरलाई प्रदेश १ को स्थायी राजधानी बनाउने प्रस्ताव संसद्मा पेश गरेका थिए । विराटनगरबाट स्थायी राजधानी सार्न चलखेल हुनसक्ने भन्दै बन्द गरिएको आयोजकहरुले बताएका छन् ।

विराटनगरबाट राजधानी अन्त सार्न लागेको भन्दै हडताल गरिएको आयोजकहरुले बताएका छन ।  भेषप्रसाद धमलाको संयोजकत्वमा भएको हडतालमा नेकपा, नेपाली कांग्रेस, विराटनगरमा केन्द्रित विभिन्न व्यापारिक तथा सामाजिक संस्थाहरुले सहयोग गरेका छन् ।

विराटनगरलाई स्थायी राजधानी बनाउन शान्तपूर्ण दबाब समितिको नाममा भएको हडतालले विराटनगरको जनजीवन प्रभावित बनेको छ । यातायात ठप्प छन् भने संघसंस्थाहरुसमेत बन्द गरिएको विराटनगरका पत्रकार प्रेम देवानले बताए ।

को को छन हडतालका अगुवा?

नेकपाबाट नेताहरु महेश रेग्मी र पारुल क्षेत्री आन्दोलनको अगुवाइ गरिरहेका छन् । रेग्मी सहसंयोजक हुन् भने क्षेत्री सदस्य । यस्तै नेपाली कांग्रेसबाट मोदराज घिमिरे र गणेश कोइराला सहसंयोजक रहेका छन् । राप्रपाका महोमद काबिर र संघीय समाजवादी फोरमका राजकुमार यादव पनि हडताल आयोजकको सदस्य छन् ।  उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे र मोरङ व्यापार संघका अध्यक्ष  पवन सारडा हडताल समितिका सदस्य छन् ।

आइतबार नेकपा र नेपाली कांग्रेसले संस्थागत निर्णय गरेर विराटनगरलाई प्रदेशको राजधानी बनाउने प्रस्ताव ल्याएका थिए । कांग्रेसबाट विराटनगरमा स्थायी राजधानी हुने प्रस्ताव प्रमुख सचेतक केदार कार्कीले गरे । कार्कीलाई कांग्रेसकै शिवनारायण गनगाई र संघीय समाजवादी फोरमका सांसद जयराम यादवले समर्थन गरे ।

विराटनगरमा स्थायी राजधानी ताक्दै इटहरी तथा गोठगाउँमा पनि राजधानीका संचरनाहरु बनाउने गरी नेकपाका प्रमुख सचेतक बुद्धिकण राजभण्डारीले प्रस्ताव गरे । उनको प्रस्तावमा सांसदहरु लिलम बस्नेत, विजयकुमार विश्वास, राजकुमार ओझा, सवित्रा कुमारी रेग्मी र यशोदा अधिकारीले समर्थन गरेका थिए । अहिलले यसै प्रस्तावमा आपत्ति जनाउँदै सत्तारुढ दलका नेतासहित विराटनगरमा हडताल सुरु भएको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।