बिहीबार, वैशाख १३, २०८१

'भाङ खाएर लेख्या हो नीति तथा कार्यक्रम ?'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम भाङ खाएर लेखिएजस्तो भएको आरोप लगाएका छन्। आइतबार संसदमा बोल्दै महतोले नीति तथा कार्यक्रमको ७ नं बुँदामा राखिएको  संविधानको सर्वस्वीकार्यता र स्वामित्वमा अब विमत्ती छैन भन्ने वाक्यमा कडा शब्दमा असन्तुष्टी जनाएका हुन्। 

उनले भने, 'संविधानको सर्वस्वीकार्यता र स्वामित्वमा अब विमत्ती छैन भनेर लेखिएको छ। ल भयो अब यो कसरी र कहिले देखि विमत्ती छैन। कसरी लेख्यो कार्यक्रम आधी निद्रामा लेख्या हो की कसो?'

महतोले ७ नं बुँदामा कडा आपत्ती जनाउँदै नीति तथा कार्यक्रम भाङ खाएर लेख्या हो भन्दै प्रश्न गरे। प्रधानमन्त्रीले संसोधन हुन्छ भनेको होइन्। यो के हो फेरी? भाङ खाएर लेख्या हो र हँ? लेखेको छैन होला नी, भाङ खाएर थोरै लेखिन्छ, तर त्यस्तै देखियो याँ। बडा गजब छ।', महतोले भने।

महतोले संविधानमा विमती नभए ६ महिनासम्म गरेको बन्द हड्ताल तथा नाकाबन्दी, आन्दोलनका क्रममा सयकडौंले गुमाएको ज्यान, रेशम चौधरी लगायतका आन्दोलनकारी जो थुनामा रहेका छन् ती सब के को लागि भन्दै प्रश्न गरे। प्रधानमन्त्री स्वयमले संविधान संसोधन हुन्छ भनेर स्वीकार गरेको बताउँदै उनले फेरी कसरी सर्वस्वीकार्य छ कुनै विमत्ती छैन भन्ने कुरा आयो भन्दै संसदमा आक्रोस व्यक्त गरे। 

संविधानलाई कुरान, बाइबल, महाभारत, गीता नबनाउन उनले चेतावनी दिए। उनले संविधानलाई सर्वस्वीकार्य भन्न खोजेर कुरान, बाइबल, महाभारत, गीता बनाउन  खोजेको आरोप लगाए। 'यो त बाइबल, कुरान महाभारत, गीता जस्तो भै गो नी। जसरी बाइबल, कुरान, महाभारत, गीता फेर्न मिल्दैन नी त्यस्तै बनाउन खोज्या जस्तो छ', महतोले भने, 'यस्तो हो भने संविधान त गैजान्छ बाईबाई भैजान्छ।' संविधानमा विमत्ती छैन भन्न खोजेर सरकारले संविधान सखाप पार्न खोजेको महतोको आरोप छ।

महतोले नीति तथा कार्यक्रममा उल्लेखित ७ नं बुँदामा कडा आपत्ती जनाउँदै संसोधन हालेको बताए। उनले शाही सम्बोधनको शैलीमा आएको नीति तथा कार्यक्रम झुठको खेती भएको बताए।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।