शनिबार, वैशाख ८, २०८१

सुर्खेतमा खानेपानीको ४८ घण्टे ‘फ्लोसेडिङ’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
सुर्खेत – गर्मी बढेसँगै सुर्खेतमा खानेपानीको हाहाकार सुरु भएको छ। वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले समय तालिकासमेत परिवर्तन गरेको छ। मुहानबाट ४० प्रतिशतले पानीको आपूर्ति घटेपछि संस्थाले केही दिनदेखि ४८ घण्टे तालिका अनुसार पानी वितरण गर्न लागेको हो।

‘स्रोतबाट उपलब्ध पानीलाई व्यवस्थित गर्दै समानुपातिक खानेपानी वितरणका लागि संस्थाले ‘फ्लोसेडिङ’ लागु भएको छ। संस्थाका इन्जिनियर बालाराम तिवारी भन्छन्, ‘वीरेन्द्रनगरका सबै स्किममा ४८ घण्टामा एक पटक मात्रै पानी वितरण हुनेछ।’ माग अनुसारको खानेपानी आपूर्ति गर्न संस्थालाई हम्मेहम्मे परेको उनले बताए। 

हाल एक सय ७८ लिटर खानेपानी माग हुँदै आएको वीरेन्द्रनगर उपत्यकामा गर्मी लागेसँगै संस्थाले ९६ लिटर प्रतिसेकेण्ड पानी आपूर्ति गरिरहेको छ। मागभन्दा झन्डै ८२ लिटर प्रतिसेकेण्ड पानी अभाव भएपछि आपूर्तिमा समस्या भएको हो। हरेक वर्ष गर्मीयाममा उपत्यकावासीले खानेपानीको समस्या झेल्दै आएका छन्। विगतका वर्षहरुमा ९६ घण्टासम्म ‘फ्लोसेडिङ’ हुने गरेको थियो। संस्थाले हाल वीरेन्द्रनगरका १७ हजार घरधुरीलाई खानेपानी उपलब्ध गराउदै आएको छ।

सबै पानी उद्योग बन्द

यता प्रशोधिन खानेपानी वितरण गर्दै आएका वीरेन्द्रनगरका सबै पानी उद्योग बन्द भएका छन्। पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका विपरीत पानी प्रशोधन गरी बिक्री वितरण गरेको भन्दै उद्योगहरु बन्द गरिएको हो।

खाद्य निरीक्षक भेषबहादुर थापाको नेतृत्वमा गएको अनुगमन टोलीले वीरेन्द्रनगरमा सञ्चालित मध्यपश्चिम वाटर एन्ड वेभरेज प्रालि, देउती दर्शन वाटर एन्ड वेभरेज प्रालि, रारा ड्रिङकिङ सप्लायर्स प्रालि र जयश्री प्योर ड्रिङकिङ वाटर उद्योगमा सिलबन्द गरेको छ। मापदण्ड पूरा नगरी संचालन गरेकोले, गुणस्तरीय पानी उत्पादन नभएकोले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भएको हुँदा पानी उत्पादन गर्ने कम्पनीमा शिलबन्दी गर्नु परेको खाद्य निरीक्षक थापाले बताउँछन्। 

पिउने पानी सम्बन्धी निर्देशिका २०७४ बमोजिम मापदण्ड पूरा गरेर कम्पनी सुचारुका लागि निवेदन दिएमा पुनः अनुगमन गरी कम्पनी संचालन गर्न दिने थापाको भनाई छ। त्यस्तै जयश्री पेवर ड्रिङ्किङ्ग वाटर कम्पनी र काँक्रेविहार वाटर कम्पनी भने केही वर्षअघिनै भन्दै भैसकेका छन्।

भेरीकै भर

भेरीको पानी नै वीरेन्द्रगरमा पानीको हाहाकार एकमात्रै विकल्पका रुपमा देखिएको छ। ‘उपत्यकामा पानीका ठूलो स्रोत छैनन्’, अध्यक्ष देवकोटा भन्छन्, ‘भेरीको पानी नै वीरेन्द्रनगरको अभाव टार्न एकमात्र विकल्प हो।’  तर भेरीको पानी वीरेन्द्रनगर उपत्यकामा ल्याउन अझै ५ वर्ष लाग्ने भएको छ। एक वर्षदेखि चर्चामा रहेको उक्त आयोजना सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको छ।  डिपिआरअनुसार उक्त आयोजना सञ्चालन गर्न झन्डै २ अर्व ९१ करोड लाग्ने अनुमान गरिएको छ।

नेपाल सरकारले उक्त कामका लागि सुख्खा क्षेत्र खानेपानी आयोजनामार्फत प्रक्रिया अघि बढाएको हो। चालु आर्थिक वर्षमा टेन्डर गर्नका लागि १० करोड रुपैयाँसमेत विनियोजन छ। भेरी किनारमा पानी प्रशोधन केन्द्र निर्माण गरी साढे ११ किलोमिटर लामो पाइपलाइनबाट अमृतडाँडामा पानी संकलन गरिनेछ। 

प्रतिसेकेन्ड तीन सय ५० लिटरको बहावमा आउने भेरीको पानी अमृतडाँडास्थित रिजर्भवाएर (ट्यांकी) मा खसालिनेछ। यसका लागि त्यहाँ ४० लाख लिटर क्षमताको ट्यांकी निर्माण गरिनेछ। आयोजना सम्पन्न भए १ लाख ६० हजारबढी उपभोक्ता लाभाभ्वित हुनेछन्। यो आयोजनालाई संघको खानेपानी मन्त्रालयले देशका ५ ठूला आयोजनालाई समेटेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।