एजेन्सी- न्युक्यासल युनाइटेडलाई पराजित गर्दै लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राती भएको खेलमा न्युक्यासललाई ३-२ गोल अन्तरले पाजित गर्दै लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
लिभरपुलले एक खेल कम खेलेको सिटीलाई २ अंकले पछि पार्दै अग्रस्थानमा पुगेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा लिभरपुलका लागि खेलको १३ औँ मिनेटमा भिर्गिल भान जाईकले गोल गर्दै सुरुवाती अग्रता दिलाए ।
तर, न्युक्यासलका क्रिस्टियन आट्सुले २० औँ मिनेटमा गोल गर्दै खेल १-१ मा पुर्याए । २८ औँ मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई पुनः २-१ को अग्रता दिलाए । ५४ औँ मिनेटमा सालोमन रोन्डनले गोल गर्दै खेल पुनः २-२ को बराबरीमा ल्याए ।
त्यसपछि भने लिभरपुलका लागि सलाहको स्थानमा मैदान प्रवेश गरेका डिभोक ओरिगीले गोल गर्दै जित पक्का पारे । उनले खेलको ८४ औँ मिनेटमा हेड गोल गर्दै लिभरपुललाई महत्वपूर्ण जित दिलाएका हुन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४