शनिबार, वैशाख ८, २०८१

एनआरएनए मध्यपूर्व उपसंयोजकमा मरासिनीको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न दशौं महाधिवेशनमा बालकृष्ण मरासिनीले मध्यपूर्व उपसंयोजकमा उम्मेदवारी घोषणा गरेका छन्।
 |  आइतबार, भदौ ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ६, २०७८

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न दशौं महाधिवेशनमा बालकृष्ण मरासिनीले मध्यपूर्व उपसंयोजकमा उम्मेदवारी घोषणा गरेका छन्।

triton college

नेपालीहरुको मुख्य श्रम गन्तव्य मध्यपूर्वका देशहरूमा नेपाली श्रमिकले व्यहोर्नु परिरहेका समस्याहरूको दीर्घकालिन समाधानका लागि योजना र प्रतिवद्धतासहित मरासिनीले उमेद्वारी घोषणा गरेका हुन्। ‘अब हामीजस्ता युवा पुस्ता सक्रिय हुनैपर्ने समय आयो। त्यसैले म एनआरएनएको नेतृत्वमा आउन चाहेको हुँ,’ मरासिनीले भने। 

मध्यपूर्वका संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, साउदी अरब, कतार, बहराइन, इजरायल, कुवेत नेपाली श्रमिकहरूका प्रमुख गन्तव्य मुलुक हुन्। १४ वर्षसम्म यूएईमा रहँदा आफूले मध्यपूर्वका श्रमिकका समस्या राम्रोसँग बुझेको र समाधानका उपायबारे योजना बनाएको मरासिनीको भनाइ छ। ‘एनआरएनएको नेतृत्वमा इच्छाशक्ति भएमा अधिकांश समस्या समाधान गर्न सम्भव छ,’ उनले भने। 

करिब डेढ दशकदेखि यूएईमा रहँदै आएका मरासिनीले यसअघि एनआरएनए यूएईको विभिन्न पदीय जिम्मेवारी सफलतापूर्वक पूरा गरिसकेका छन्। आफू निर्वाचित भएको खण्डमा संस्थामा शुद्धिकरण अभियान चलाउने र नेपाली समुदाय तथा अन्य संघसस्थाहरूसँग परामर्श गर्दै सहकार्यमा अघि बढ्ने मरासिनीले प्रतिवद्धता जनाएका छन्। 

स्याङ्जाका मरासिनीको समाजसेवाको यात्रा भने ‘स्याङ्जा सहयोग समाज’ सुरु भएको हो। उनी हाल स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय केन्द्रको युवा उपसंयोजक छन्। यसअघि उनी सन् २०१५ देखि २०१७ सम्म समाजको उपाध्यक्ष भएका थिए। 

corrent noodles
Metro Mart

त्यस्तै, एनआरएनएतर्फ भने मरासिनी २०१७ देखि २०१९ सम्म उपाध्यक्ष तथा २०१५ देखि २०१७ सम्म प्रवक्ताका रुपमा क्रियासिल थिए। एनआरएनएको आसन्न दशौं विश्व सम्मेलन तथा महाधिवेशन अक्टोबर २३ देखि २५ सम्म हुँदैछ। भर्चुअल माध्यमबाट आगामी हुने अधिवेशनमार्फत दुई वर्षे कार्यकालका लागि नेतृत्व छनोट हुनेछ। कोभिड–१९ का कारण यसपालि ‘स्मार्ट एनआरएनए एप’ मार्फत सदस्यता विस्तार तथा इ–भोटिङको व्यवस्था गरिएको छ।

प्रकाशित: Aug 22, 2021| 19:00 आइतबार, भदौ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...