शनिबार, वैशाख ८, २०८१

बलात्कृत बालिका ‘डिप्रेसन’मा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम – धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा बलात्कृत भएकी बालिकाको स्वास्थ्य अवस्था बिग्रिएको छ। गत आइतबार आफ्नै घरमा बलात्कृत भएकी क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरकी १४ वर्षीया बालिकाको स्वास्थ्य अवस्था बिग्रिएपछि थप उपचारको लागि काठमाडौं रेफर गरिएको हो।

जनकपुरको धनुषा अस्पताल एण्ड रिसर्च सेन्टरमा उपचार भइरहेको बालिकालाई थप उपचारको लागि काठमाडौंस्थित बी एण्ड बी अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ।

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार बालिका छिनछिनमा बेहोस हुने गरेको र मानसिक रुपमा त्रसित देखिएकोले डिप्रेसनमा जाने सम्भावना बढेर गएको बताए। आफन्तका अनुसार पीडित बालिकामा छिनछिनमा मुर्छापर्ने, बोल्न नसक्ने, रुने कराउनेजस्ता व्यवहार देखिएका छन्।

घटनाको अनुसन्धान गर्दै आइरहेका जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी ज्ञानकुमार महतोले जनकपुरमा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं रेफर गरिएको जानकारी दिए। ‘बालिकासँग बलात्कार भएको यथेष्ट प्रमाणहरु फेला परेको छ,’ डीएसपी महतोले भने, ‘पक्राउ परेका अभियुक्तसँग भेजाइनल स्वाब म्याच गरेपछि थप कुरा भत्र सकिन्छ।’ प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको बताउँदै उनले दोषी उम्किन नपाउने दाबी गरे।

दिदीबहिनीमात्र घरमा रहेको मौका छोपी गत आइतबार एकजना छिमेकी घरमा छिरेर दिदीको बलात्कार गरेको थियो। बलात्कारको आरोपमा प्रहरीले स्थानीय राजकुमार साहलाई पक्राउ गरेर जबरजस्ती करणी मुद्दा चलाएको छ। यसअघि इलाका प्रहरी कार्यालय महेन्द्रनगर हिरासतमा रहेका राजकुमारलाई जनकपुरस्थित जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याइएको छ।

कक्षा ८ मा पढ्दै गरेकी ती बालिका र उनकी बहिनी दुबैजनालाई बेहोस पारी दिदीलाई बलात्कार गरेको किटानी जाहेरीको आधारमा प्रहरीले राजकुमारलाई पक्राउ गरेको हो।

दिदी र बहिनीमात्र घरमा रहेको बेला राजकुमार पछाडितर्फबाट घरमा छिरेका थिए। केहिबेरको कुराकानीपछि उनले दुबैजनालाई बेहोस पारेको बताइएको छ। घटना भएको दोस्रो दिन पीडित बालिकाकी बाबुले प्रहरीलाई खबर गरेका थिए। घटनामा संलग्न भनिएका राजकुमारको खोजीमा प्रहरी जुट्यो र, फरार अवस्थामा रहेका राजकुमारलाई पक्राउ गर्न सफल भयो।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक अमीर दहालका अनुसार प्रहरीले बालिकासँग बलात्कार भएका सबै प्रमाणहरु बरामद गरिसकेको छ। दोषीलाई कानुनी दायरमा ल्याउन प्रहरीले कुनै कसर बाँकी नराख्ने दहालले बताए।

यता बालिका बलात्कार गर्नेलाई फाँसी दिन माग गर्दै स्थानीयहरुले महेन्द्रनगरमा प्रदर्शन गरेका छन्। प्रहरीले दोषी उम्काउन खोजेको आरोप लगाउँदै त्यहाँका स्थानीयहरुले शुक्रबार सडक अवरुद्ध पारेर प्रदर्शन गरेका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।