मंगलबार, वैशाख ४, २०८१

माधव नेपाल र प्रदीप ज्ञवालीको पिए भनेर लाखौं ठगी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
इटहरी - माधव नेपाल र प्रदीप ज्ञवालीको स्वकीय (पिए) हुँ भन्दै विद्यार्थीसँग पसल रोकायाले लाखौँ असुलेको खुलासा भएको छ। सिटिइभिटी परीक्षामा फेल भए पनि पास गराइदिन्छु भन्दै जुम्लाका रोकायाले ठगी गरेका हुन्।

केही दिनअघि नेपाल समयले सिटिइभिटीका विद्यार्थी ठग्ने रोकायाको समाचार सार्वजनिक गरेपछि थप रहस्य बाहिरिएका छन्। नेपाल समयले रोकायालाई दुई लाख ३० हजार दिएकी सुनसरीकी पीडित विद्यार्थी कमला अधिकारी (नाम परिवर्तन) को समाचार सार्वजनिक भएसँगै अन्य पीडित पनि खुल्न थालेका छन्।

‘बलात्कार केस त मिलाए, जे गर्न सक्छेस् गर’ भन्दै रोकायाले ९८०८७१७०८१ नम्बर बाट म्यासेजमा धम्की दिने रोकायाका अन्य कर्तुत पनि सार्वजनिक भएका छन्।

रोकायाबाट ठगिनेमा परेका छन् बुटवलका दिनेश कार्की (नाम परिवर्तन)। कार्कीले रोकायालाई बुटवलको प्रभु बैंकबाट ९४ हजार ८ सय पठाएको बैंक भौचर देखाउँदै भने, ‘मैले तीन लाख दिए तर अरू प्रमाण राखिनँ। यस्तो ठगिएला भन्ने भएन।’



कार्कीले रोकायालाई ९७४८०८२६५० मोबाइल नम्बर दिएर काठमाडाैंमा धेरै पटक रकम पठाएको बताए। कार्की मात्रै हैन विराटनगरकी कल्पना यादव (नाम परिवर्तन) देखि धनगढीका सन्तोष पाण्डे (नाम परिवर्तन) सम्मले आफूहरु ठगिएको बताए।

रोकायाकी श्रीमती, साथीदेखि सालीको खातामा ठगीको पैसा

सिटिइभिटीका देशभरका विद्यार्थीलाई ठगेका रोकायाले ठगीको पैसा आफ्नो साथी त्रितोकसिंह खत्री, श्रीमती रीताकुमारी रावल  र साली मिठुकुमारी रावलको खातामा खोल्न लगाएको पाइएको छ। धनगढीका सन्तोष पाण्डेले रावलकी श्रीमतीका नाममा पैसा पठाएका छन्। २०१७ मे ३० मा पाण्डेले रावलकी श्रीमती रीताकुमारी रावललाई २५ हजार पठाएका थिए।

सुनसरीकी कमला अधिकारीले रोकायाको साथी त्रितोकसिंह खत्रीलाई एक लाख रकम पठाएकी छिन्। राष्ट्रिय वाणिज्य बैंकको धरान शाखाबाट पठाइएको उक्त रकम ९८५१००४७५० नम्बर भएका खत्रीलाई उनको ४०३००११६८६१० खाता नम्बरमा अधिकारीले पैसा पठाएकी थिइन्। २०७५ जेठ २४ गते अधिकारीले खत्रीको खातामा पैसा पठाएकी थिइन्।

यस्तैगरी अधिकारीले नै रोकायाकी साली मिठुकुमारी रावललाई पाँच हजार पठाएकी थिइन्। सुर्खेत ठेगानाकी रावललाई अधिकारीले २०७५ जेठ १७ गते पाँच हजार पठाएकी हुन्।

अधिकारीले बाँकी रोकायाकै नाममा भने २०७४ असोजमा धरानबाट ५० हजार आइएमई गरिन्। यस्तै उनले २०७४ माघ १७ गते ५० हजार र २०७४ माघ २३ गते पुनः ३० हजार रकम आइएमईबाट रोकायाका नाममा पठाइन्। ६०३०२६/३ नागरिकता नम्बर र, ९८५१००४७५० र ९७४८०८२६५० मोबाइल नम्बर भएका रोकायाले पटकपटक आइएमइ र बैंकहरुबाट रकम लिएका छन्।



माधव नेपाल, प्रदीप ज्ञवालीको स्वकीय देखि ईश्वर पोखरेलसँग छु भन्दै ठगी

सिटिइभिटीका दर्जनौँ विद्यार्थीलाई ठगेका रोकायाले आफू माधव नेपाल र प्रदीप ज्ञवालीको स्वकीय भन्दै ठगेको पाइएको छ। यस्तै उनले पटकपटक आफू रक्षामन्त्री ईश्वर पोखरेलसँग हुने गरेको भनेको पनि फेसबुक स्क्रिनसट नेपाल समयले फेला पारेको छ।

‘परराष्ट्रमन्त्रीको फेरि स्वकीय भएँ’, रोकायाले एक विद्यार्थीलाइ भन्छन्। पहिले माधव नेपालको स्वकीय भनेका रोकायालाई विद्यार्थीले सोध्छिन्, ‘अनि माधव नेपालको स्वकीय चेन्ज भाको हो अब?’ रोकाया जबाफ दिन्छन्, ‘छैन। दुवै जनाको स्वकीय गर्छु।’

विद्यार्थीलाई पैसा लिएर मिटिङमा मात्रै भएको बताउने रोकाया एकैछिन पनि फुर्सत नभएको बताउँछन्। एक दिन आज छुट्टी हो भनेर विद्यार्थीले प्रश्न गर्दा रोकाया भन्छन्, ‘छैन। ईश्वर पोखरेल र हामी सँगै छौं।’

यतिमात्रै हैन, कर्णाली प्रदेशका प्रदेश सांसद यमलाल कँडेलसँग संगत भएको र सोही प्रदेशका सांसद पदमबहादुर रोकाया आफ्नै बुबाको दाजु भन्दै रोकायाले आफू शक्तिशाली भन्ने गरेको विद्यार्थीले बताएका छन्।सुनसरीकी अधिकारीले कर्णाली प्रदेश सांसद र रोकायाका बडाबा भनिएका पदमबहादुर रोकायालाई समेत कल गरेर दुःख पोखिन्। तर, सांसदले सहयोग नगरेको बरु उनको नामको फेसबुक म्यासेजबाट म ठूलो मान्छे हुँ फोन र कल नगर तिम्रो ज्यान धरापमा पार्देला भनेको अधिकारीले बताइन्। रोकायासँगको फेसबुक स्क्रिनसटसमेत देखाएकी अधिकारीले आफूलाई स्वयं सांसद वा  सांसदको आइडीबाट वा नयाँ आइडी बनाएर पसल रोकायाले नै यस्तो गरेको हुन सक्न बताउँछिन्। भन्छिन्, ‘तर सांसदले फोनमा धर्काएकाले भने उनैले हो कि जस्तो लाग्छ।’      


                                      
कर्णाली प्रदेशको जुम्ला २ का प्रदेश सांसद पदमबहादुर रोकायासँग बुझ्न सम्पर्क गर्दा रोकायाको मोबाइल अफ   भएकाले सम्पर्क हुन सकेन।

रोकायाले करोड बढी ठगेको हुन सक्छ : पीडित

सिटिइभिटीको बिग्रेको परीक्षा पास गराउने भन्दै सामाजिक सञ्जालमा विद्यार्थी जोडेर रोकायाले पैसा माग्ने गरेको विद्यार्थीले बताए। सिटिइभिटी खबर जस्ता केही फेसबुक ग्रुपमा आबद्ध रोकायाले त्यही ग्रुपबाट विद्यार्थीलाई पास गराउने भन्दै पैसा लिने पीडितहरुले बताएका छन्। धरान, विराटनगर, बुटवलदेखि धनगढीसम्मका एक दर्जन पीडित आफ्नो ब्याचका मात्रै भएको बताउँछिन् धरानकी कमला अधिकारी। अधिकारीका अनुसार हरेक ब्याचका मेचीदेखि महाकालीका विद्यार्थी गरेर एकसय हाराहारी विद्यार्थी रोकायाबाट ठगिएको हुन सक्ने बताउँछन् बुटवलका दिनेश कार्की। एक जनासँग एक लाखदेखि तीन लाख लिने रोकायाले १ सय विद्यार्थीबाट थोरैमा पनि एक करोड हाराहारी ठगेको हुनसक्ने कार्की बताउँछन्। भन्छन्, ‘त्रिलोकसिंह खत्रीदेखि अरू पनि रोकायाको सिटिइभिटी गिरोहले यो पैसा लिएका छन्।’

यो पनि,

सिटिइभिटि गिरोहको धम्की : रेप केस त मिलाएँ,जे गर्न सक्छेस् गर !

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।