बिहीबार, वैशाख १३, २०८१

‘१७ वर्षको उमेरमै गर्भपतन गर्ने चर्चित अमेरिकी गायिका’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
मुम्बई – अमेरिकी गायिका पिंकले आफूले १७ वर्षकै उमेरमा गर्भपतन गराएको खुलासा गरेकी छन्। पिंकले यो कुराको खुलासा आफ्नो नयाँ गाना ‘ह्याप्पी’ सार्वजनिक कार्यक्रममा गरेकी हुन्।

पिंकले भनिन्, ‘जब म १७ वर्षकी थिएँ यो समयमा मलाई मेरो शरीरप्रति घृणा थियो। मेरो शरीरलाई पनि मप्रति घृणा रहेको मलाई महसुस हुन्थ्यो । म त्यो बच्चा चाहन्थेँ। तर, मैले चाहेर पनि त्यो बच्चा पाउन सकिनँ। जुन मैले १७ वर्षको उमेरमा गर्भपतन गराउनुपरेको थियो ।’ उनले थेरापीको सहारामा गर्भपतन गराएको बताइन् । उनले भनिन्, ‘मलाई यो कुरा भन्नुमा कुनै असहज छैन। किनकि मेरो गर्भपतन भइसकेको छ।’

पिंकले आफ्नो हंसमुख स्वभावले खराब समयबाट बाहिर निकाल्न मद्दत गरेको र संगीत करियरमा अगाडि बढ्न प्रेरित गरेको बताएकी छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्