बिहीबार, वैशाख ६, २०८१

१०१ का एक नम्बर डीआइजी विश्वराज पोखरेल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – नेपाल प्रहरीका एसएसपी विश्वराज पोखरेल १०१ को एक नम्बर डिआइजीमा बढुवा भएका छन्।  

लागूऔषध नियन्त्रण ब्युरोमा कार्यरत पोखरेललाई गृह मन्त्रालयले बिहीबार डिआइजीमा बढुवा गर्न सिफारिस गरेको छ। एक नम्बर डिआइजीको प्रहरी महानिरीक्षक बन्ने सम्भावना सबैभन्दा बढी हुन्छ।

ओखलढुंगामा जन्मिएका पोखरेल ०४९ चैतमा नेपाल प्रहरीको निरीक्षकमा भर्ना भएका थिए। २०५२ सालपछि तत्कालीन सशस्त्र विद्रोह गर्दा पोखरेल प्रहरी निरीक्षक बनेको ३ वर्ष पुगेको थियो। पारिवारिक दाजुहरु तीनैजना सचिव थिए, भोजराज पोखरेल, पदम पोखरेल र रेवतीरमण पोखरेल।

पारिवारिक अथवा नातेदार वा नजिकको मान्छे गृह मन्त्रालयमा रहेको अवस्थामा प्रहरीको सरुवा भनेकै ठाउँमा सार्न त्यति गाह्रो हुँदैन। तर पोखरेलका तीनै दाजुहरु गृह, सामान्य मन्त्रालयलगायत महत्त्वपूर्ण मन्त्रालयको सचिवमै थिए। तर उनले दाजुहरुको सोर्सफोर्स प्रयोग गरेनन् र संगठनले खटाएको ठाउँमा पुगे र शान्तिसुरक्षा कायम गर्न अहोरात्र खटिए।

डिएसपीमा बढुबा भएपछि पोखरेलको पहिलो पोस्टिङ २००४ शान्ति मिसन लाइबेरियामा पर्‍यो र एक वर्ष शान्ति स्थापनार्थ काम गरे। २००५ मा शान्ति मिसनबाट फर्केपछि उनको पोस्टिङ पूर्वाअञ्चल तालिम केन्द्र विराटनगरमा भयो। पहिलो संविधानसभामा संखुवासभाको प्रहरी कमान्ड सम्हालेका विश्वराजलाई उत्कृष्ट कार्य सम्पादन गरेपछि काठमाडौं संविधानसभा भवन सुरक्षार्थ खटाइयो।

पोखरेलको अर्को पोस्टिङ २००८ मा हाइटी मिसनमा पर्‍यो। एक वर्ष त्यहाँ काम गरेर फर्केपछि उनी ट्राफिक महाशाखामा पुगे। जतिबेला ट्राफिक प्रहरी चालकसँग अनधिकृत पैसा लिने गरेको भन्दै आलोचनाको केन्द्रमा थियो। पोखरेलले त्यसको अन्त्य गर्न अभियान चलाए। भ्रष्टचार विरोधी अभियानले ट्राफिक प्रहरीको धमलिएको छवि मात्र सुधारेन, सेवाग्राहीको गुनासो पनि कम हुँदै गयो। उनी २०१० मा प्रहरी प्रधान कार्यालयको प्रबन्ध शाखामा सरुवा भए। त्यसपछि एसपीमा बढुवा भए। अनि प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा भए। त्यसपछि मोरङ, हेटांैडा र काठमाडौं प्रहरी परिसरमा ट्वाइसीका रुपमा कामपछि पोखरेलको  पुनः सरुवा प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा सरुवा भयो।

उक्त शाखामा रहँदा पोखरेल एसएसपीमा बढुवा भए। उनको सरुवा महानगरीय प्रहरी परिसर काठमाडौंमा भयो। त्यसपछि काठमाडौं प्रहरी परिसर प्रमुखको जिम्मेवारी सम्हाले। पोखरेलले प्रहरी परिसरको जिम्मेवारी सम्हालेपछि ६ महिनामै उपत्यकाको शान्तिसुरक्षामा सुधार भएको थियो भने जधन्य अपराध तथा चोरीका घटनामा कमि आएका थिए। पोखरेल हाल नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोमा कार्यरत छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।