बुधबार, वैशाख १२, २०८१

अज्ञात रोगका कारण बाजुरामा २ जनाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी - बाजुराको हिमाली गाउँपालिकामा थाहा अज्ञात रोगका कारण दुई महिलाको ज्यान गएको छ। ज्यान जानेमा हिमाली गाउँपालिका-५ क्युडीकी ४० वर्षीया  सञ्चकला बुढाको बुधबार दिउँसो र नदापाटाकी ७५ वर्षीया हैकला भण्डारीको सोमबार दिउँसो ज्यान गएको हिमाली गाउँपालिकाका स्वास्थ्य इञ्चार्ज धर्मबहादुर बुढाले जानकारी दिए।

केही सातायता हिमाली गाउँपालिकाको छिमेकी जिल्ला हुम्लाको तांजाकोट गाउँपालिकामा महामारीका कारण १९ जनाको ज्यान गएको थियो। बाजुरा जिल्लाको छिमेकी गाउँपालिकामा महामारी फैलिएपछि गाउँमा कतै महामारी नै हो की भन्ने अनुमान गरिएको जिल्ला अस्पताल बाजुराका प्रमुख रुपचन्द्र बुढाले बताए।

क्युडीमा सामान्य रुघाखोकीको प्रकोप देखिएकाले अहेब धनबहादुर फडेराको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली पठाइसकिएको बुढाले बताए। स्थानीयका अनुसार गाउँमा एक सातादेखि फैलिएको रोगबाट गाउँलेहरु बिरामी परेका छन्।

बाजुराको सदरमुकाम मार्तडीबाट झण्डै ४० कोष पैदल दूरी पर्ने रुगिन स्वास्थ्य चौकीमा बिरामीको घुइँचो  छ। टाउको दुख्ने, ज्वरो आउने थला पर्ने र नाखमुखवाट रगत बग्नेजस्ता लक्षण देखा परेको छप्की बुढथापाले टेलिफोनमा जानकारी दिइन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।