बिहीबार, वैशाख १३, २०८१

बर्डफ्लुले लियो ज्यान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - बर्डफ्लुका लागेर काभ्रेमा एकजनाको ज्यान गएको छ। स्वास्थ्य सचिव पुष्पा चौधरीले काभ्रेका २१ वर्षीय युवकको बर्डफ्लुबाट मृत्यु भएको पुष्टि गरिन्। उनका अनुसार नेपालमा बर्डफ्लु पुष्टि भएको यो पहिलो घटना हो। ती युवक गत चैत १० गते ज्वरो र खोकीको लक्षण लिएर उपचारका लागि अस्पताल पुगेका थिए। उनको र्‍यालको परीक्षण टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थियो।

उनलाई चैत ११ गते नै इन्फ्लुएन्जाको औषधि दिइयो। तर, श्वासप्रश्वासमा समस्या भई चैत १५ गते नै उनको उपचारका क्रममा मृत्यु भयो। उनको मृत्युपछि प्रयोगशालामा परीक्षणका लागि पठाइएको र्‍यालमा कुन भाइरस हो भन्ने प्रमाणित भएन।

त्यसपछि उक्त नमुना परीक्षणका लागि जापान पठाइएको थियो। उक्त नमुनाको नतिजा वैशाख १७ गते मंगलबार नेपाल आएको थियो। नमुना बर्डफ्लू (एच फाइब एन वान) भएको उल्लेख थियो। ती मृतकको नाम भने खुलाइएको छैन।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनका अनुसार बर्डफ्लु भनेको एभियन इन्फ्लुएन्जा टाइप ए नामक सूक्ष्म भाइरसका कारण लाग्ने प्राणघातक रोग हो। यस प्रकारका भाइरसले अति छिट्टै आफ्नो वंशाणुगत स्वरुपमा परिवर्तन गर्नसक्ने क्षमता बोकेको हुन्छ। यस क्रममा शरीरका कोषसँग समायोजन भएर नयाँ किसिमका हानिकारक जीवाणु जन्मन्छ, जुन पशुबाट मानिसमा सर्छ।

यसरी सर्छ

बर्डफ्लु संक्रमित पंक्षीहरुको प्रत्यक्ष सम्पर्कमा आउँदा यो भाइरस स्वस्थ व्यक्तिको शरीरमा प्रवेश गर्छ। संक्रमित पक्षीले दस दिनसम्म रोग सार्न सक्ने हुँदा पंक्षीहरु मारेर सुरक्षित ढंगले गाडिन्छ। रोगी पक्षीको मासु, अन्डा, सुलीलगायत बाहिर निस्किने पदार्थबाट रोग सर्छ। मासु चलाउँदा वा खोरमा काम गर्दा पनि रोग सर्छ। बसाइ सर्ने चराको शरीरमा बर्डफ्लुका जीवाणु सुरक्षित रहन्छन्। फिरन्ते चराको सम्पर्कबाट स्थानीय चरामा बर्डफ्लु सर्छ। बर्डफ्लुका भाइरस एउटा मानिसबाट अर्कोमा सरेको तथ्य भने हालसम्म भेटिएको छैन। तर पंक्षीबाट मानिसमा भने सर्ने गर्छ। मानिसमा यो रोग लागेको मृत्यु हुने खतरा ६० प्रतिशत रहन्छ।

लक्षण

बर्डफ्लु संक्रमित पंक्षीहरु दस दिनपछि मर्न थाल्छन्। यस्ता पक्षीको सम्पर्कमा आएका मानिसमा सुरुमा ज्वरो आउने, टाउको दुख्ने, रुघा लागेजस्तो हुने तर नाकबाट सिगान नबग्ने र सास फेर्न गाह्रो हुने लक्षण देखिन्छ। 

कसरी बच्ने

– रोगग्रस्त पक्षीबाट जोगिनु नै उत्तम उपाय हो
– कुखुरा लगायत पक्षीको सम्पर्कमा आउँदा सावधानी अपनाउने
– घरपालुवा पशुमा लक्षण देखिए तुरुन्त पशु स्वास्थ्य कार्यलयमा खबर गर्ने
– कुखुरा लगायत पक्षीहरुको खोरमा काम गर्दा माक्स र पञ्चा लगाउने
– संक्रमित कुखुरका अन्डा र मासु नखाने, दाना र सुली नछुने
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।