मंगलबार, वैशाख ११, २०८१

समय कथा : समयसँगै नबदलिएको पेसा1

यहाँका नागरिकले सदियौँ पुरानो कला सदियौँदेखि नयाँ पुस्तालाई पुस्तान्तरण गर्दै आइरहेका छन्। सीप अद्यपर्यन्त जीवित छ।
 |  मंगलबार, कात्तिक १४, २०७४

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १४, २०७४

भक्तपुर- प्राचीन राज्य भादगाउँको राजधानी भक्तपुर एकीकरणपछि बनेको नेपालको सांस्कृतिक राजधानी भन्दा पनि अत्युक्ति नहोला। भक्तपुरमा पुरातन संस्कृति र कलाकौशल बाँचिरहेको छ। यहाँका नागरिकले सदियौँ पुरानो कला सदियौँदेखि नयाँ पुस्तालाई पुस्तान्तरण गर्दै आइरहेका छन्। सीप अद्यपर्यन्त जीवित छ। 

triton college

भक्तपुरको न्यातपोल मन्दिरनजिकै छ, पोटरी स्क्वाएर। पोटरी स्क्वायर अर्थात् कुमाले चोक। यही चोकमा बन्छन् परम्परागत माटोका भाँडाहरू। ५४ वर्षीय बुद्धिमान प्रजापतिको मुख्य पेसा नै माटाका भाँडा बनाउने हो। उनले १४ वर्षभन्दा पनि कम उमेरदेखि नै माटाका भाँडा बनाउन थालेका थिए। जीविकोपार्जनको मुख्य स्रोत माटाका भाडा बनाउने कामलाई बनाएका बुद्धिमानको कामले परिवारलाई नै रोजगारी दिलाएको छ।   

'यो काम गरेको कम्तीमा पनि ४० वर्षभन्दा बढी भयो। यही काम गरेर परिवार चलाएको छु। परिवारलाई पनि रोजगारी यही पेसाबाटै मिलेको छ,' बुद्धिमान भन्छन्। 

कुमाले पेसा सजिलो भने होइन। यसका लागि विशेष प्रकारको माटो चाहिन्छ। जुनसुकै स्थानको माटोबाट राम्रा सामग्री बनाउन सकिँदैन। माटोले मात्र पनि पुग्दैन। 'माटो घुमाउने चक्र चाहियो। धागो चाहियो। अरु सामान पनि चाहियो,' उनले कामको प्रकृति र उपकरणबारे सुनाए। 

सानो उमेरमा नै आफूले पनि काम सिकेको बताउने बुद्धिमान सानै उमेरमा काम सिक्न सजिलो पर्ने बताउँछन्। 'काम सानो छँदै सिक्न सजिलो हुन्छ। मैले पनि सानो बेलैमा सिकेको हुँ। ४० वर्ष भइसक्यो। यो काम गर्न तालिम लिएका हुनुपर्छ,' तर बुद्धिमानले भने औपचारिक तालिम लिएका होइनन्। पारिवारिक रूपमा पुस्तौँदेखि गर्दै आएको काम सिक्न उनलाई औपचारिक तालिमको जरुरी थिएन।  माटोसँग खेल्दाखेल्दै उनले माटोका भाँडा बनाउन सिके। ख्यालख्यालमा खेल्दाखेल्दै सिकेको त्यही काम अहिले उनको पेसा भएको छ। परिवार चलेको छ। परिवारका सदस्यलाई रोजगारी मिलेको छ। 

corrent noodles
Metro Mart

जुनसुकै काम गर्दा पनि पोख्त हुनुपर्ने मान्यता राख्ने बुद्धिमान सामान्य रूपमा मात्र सिकेर पेसाका रूपमा यो काम नचल्ने बताउँछन्। साथै कामलाई निरन्तरता दिइरहनु पनि काम सिक्ने अर्को अवसर आफै सिर्जना गर्नु हो। 'यो काम गर्नको लागि धेरै नै तालिम चाहिन्छ। धेरै सिक्नु पर्छ। जे बनाउने अर्डर आयो त्यही नै बनाउन सक्नुपर्छ। सिक्नुपर्छ। यो काम निरन्तर गरिहरनु पर्छ, अनि मात्र अर्डरअनुसार काम गर्न सकिन्छ,' सिकाइ, अभ्यास र बजारको माग अनुसार काम गर्ने क्षमता हुनुपर्ने उनको मान्यता छ। 

'ख्यालख्यालमा केटाकेटी बेलामा माटोसँग खेल्दाखेल्दै माटोका भाँडा बनाउन सिकेँ,' माटोका भाँडा बनाउने काममा नै रमाउन थालेका प्रजापतिलाई अहिले यो काम रमाइलो पनि लाग्छ, 'मलाई त अहिले यो काम गर्न रमाइलो लाग्छ। यो नै हाम्रो पेसा भयो। कामको लागि कहीँ जानुपरेन। घरपरिवारमै बसेर गर्न सकिन्छ।' 

बुद्धिमानका छोराहरू पनि यो कामबाट टाढा छैनन्। 'उनीहरुले पढाइ पनि गरेका छन्। अन्त काम पनि गरेका छन्, भाँडा बनाउने यो काम पनि गरेका छन्,' उनले भने। 

भाँडा बनाउने माटो दुई किसिमको हुन्छ। एउटा कालो, एउटा खैरो। खैरो माटो राम्रो मानिन्छ। कालो माटो चाहीँ खैरो भन्दा अलि नरम हुन्छ। 

आफूले अर्डर अनुसार नै सामग्री बनाउने प्रजापति बनाउँछन्। अर्डर बढी आए सामग्री पनि बढी बनाउने र कम आउँदा कम नै बनाउँछन्। पसलेहरू नै उनलाई अर्डर दिन्छन्। बनाएर उनीहरूलाई पुर्‍याइदिन्छन्। 

माटोको भाँडा बनाउने काम मौसम र प्रकृतिमा पनि निर्भर हुन्छ। घाम लाग्ने मौसममा भाँडा बनाउनुपर्ने हुन्छ। घाम नलागे भाँडा बनाउने काम अघि बढ्न सक्दैन। मौसमले साथ नदिए माटो र सामान पनि बिग्रन्छन्। मेहेनत पनि खेर जान्छ। झन् पानी परिदियो भने त बनाएका भाँडा एउटै काम लाग्दैनन्। बनेका भाँडा पूर्ण रूपमा तयार नभएसम्म पानी पार्नै हुँदैन। पानी परेर घाममा सुकाएका भाँडा भित्र्याउन पाइएन भने त सबै भाँडा खेर जान्छन्।

भिडियो

'भाँडा बनाउने माटो लिन खापी भन्ने ठाउँमा जान्छौं। पन्ध्र–बीस फिटमुनि राम्रो माटो भेटिन्छ। त्यहाँबाट बोकाएर यहाँसम्म ल्याउने हो,' उनले भने, 'माटो ल्याउनेबित्तिकै भाँडा बनाउन तयार हुँदैन। माटोलाई पहिला भिजाइन्छ। भिजाएपछि खुट्टाले मुछ्ने गरेका छौं। घन्टौं मुछेपछि मात्र भाँडा बनाउन तयार हुन्छ।' माटोलाई राम्रो सुकाएपछि भट्टीमा पोल्नु पर्छ। तीन दिनसम्म पोलेपछि मात्र तयार हुन्छ।

भक्तपुरमा माटोको भाँडा बनाउने ३ सय ५० घरधुरी जति प्रजापतिहरु छन्। पोटरी स्क्वायरको नासःननी चोक आसपास मात्र झन्डै दुई सय ५० प्रजापति परिवारको बसोबास छ। जसमा ७० परिवारले मात्र माटोको भाँडा बनाउने कामलाई निरन्तरता दिइरहेका छन्। प्रजापति समुदायका नयाँ पुस्ताले पुर्ख्यौली पेसालाई त्याग्दै गइरहेकोमा पुराना प्रजापतिहरू चाहिँ पेसा नै लोप भएर जाने हो कि भन्ने चिन्तामा पनि छन्। 

प्रकाशित: Oct 31, 2017| 12:12 मंगलबार, कात्तिक १४, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।