शुक्रबार, वैशाख १४, २०८१

अखबार : बालुवाटारको जग्गा हडप्‍नेहरु विदेश फरार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित बुधबारका राष्ट्रिय दैनिक अखबारहरुले बालुवाटारको सरकारी जग्गा हडपिएको विषयलाई नै प्रमुखताका साथ छापेका छन् ।
 
करिव डेढ महिनादेखि लगातार चर्चामा रहेको यो विषयलाई पत्रपत्रिकाले अझैसम्म पनि फलोअप गरिराखेका छन् । अझै मंगलबार प्रधानमन्त्री केपीशर्मा ओलीले बालुवाटारको जग्गा हडपेको आरोप लागेका नेकपाका महासचिव विष्णु पौडेलको बचाउ गरेपछि यो विषयल थप चर्चामा आएको छ ।
 
प्रधानमन्त्री ओलीले बालुवाटारको जग्गा महासचिव पौडेलले हडपेको नभइ किनेको भनि दाबी गरेको विषयलाई नागरिक दैनिकले मुख्य समाचार बनाएको छ । उनले तत्कालिन राजा ज्ञानेन्द्रकै पालामा जग्गा किनको ओलीको दाबी छ । यो विषयलाई लिएर पार्टी र पौडेललाई बद्नाम नगर्न पनि उनले अपिल गरेको समाचारमा उल्लेख छ ।

यसै विषयलाई कान्तिपुरले एङ्कर न्यूज बनाएको छ । पौडेलले जग्गा हडपेको होइन शीर्षकमा उसले खबर लेखेको छ । उनले बालुवाटारको जग्गालाई लिएर नेकपाविरुद्ध भ्रम फैलाउने काम भएको भन्दै आक्रोश पोखेको समाचारमा उल्लेख छ।

आजको नयाँ पत्रिकाले भने बालुवाटारका सुत्रधार विदेश फरार शीर्षकमा मुख्य समाचार छापेको छ । पूर्वसचिवले ६ महिना लगाएर तयार पारेको प्रतिवेदनले भूमाफिया ठहर गरेका व्यक्तिलाई सरकारले निगरानीमा समेत नराख्दा उनीहरु सजिलै भागेका छन् ।

नयाँ पत्रिकाले लेखेको छ– व्यक्तिको नाममा सारिएको बालुवाटारस्थित १४३ रोपनी जग्गा सरकारले रोक्का राखेर छानबिन थालेको ५० दिन भइसकेको छ । तर, जग्गा प्रकरणमा संलग्न एकजना पनि पक्राउ परेका छैनन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ, तर मुख्य सूत्रधारहरूलाई निगरानीमा समेत राखेको छैन । उनीहरू आफैं सजग हुँदै विदेश लागेका छन् ।
 
विवाद उजागर भएपछि कुमारी बैंकको सञ्चालकबाट समेत शोभाकान्त ढकालले राजीनामा दिएका छन् । ढकाल र रामकुमार सुवेदी भारततर्फ गएको र त्यहीँबाट शक्तिकेन्द्रको संवादमा रहेको स्रोतको भनाइ छ । सो प्रकरणमा मुछिएका डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारीसमेत भागेको अनुसन्धानमा आबद्ध अख्तियारका अधिकारीले जानकारी दिएका छन् ।
 
सरकारका पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वको समितिले ६ महिना लगाएर गरेको छानबिनका आधारमा गत २८ फागुनको मन्त्रिपरिषद्ले सम्बन्धित जग्गा रोक्का गर्ने निर्णय गरेको थियो । सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको जग्गा कसरी व्यक्तिका नाममा सारियो भन्ने अनुसन्धान गर्ने निर्णय गरेको थियो ।

कर्मचारीको बदनियतमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र किर्तेसम्बन्धी छानबिन गर्न सिआइबीलाई जिम्मा दिइएको समाचारमा जनाइएको छ ।

यस्तै नयाँ पत्रिकाले निर्माण व्यवसायी महासंघले व्यवसायीहरूलाई अज्ञात फोन नम्बरबाट ज्यान मार्ने धम्की आइरहेको सार्वजनिक गरेको विषयलाई पनि महत्वका सथा छापेको छ ।

मंगलबार पत्रकार सम्मेलन गरेर महासंघले गत फागुनदेखि पटक–पटक ज्यान मार्ने धम्कीले निर्माण व्यवसायी प्रताडीत भएको र आयोजनास्थलमा समेत जान नसकेको जनाएको छ । व्यवसायीहरूले सम्बन्धित निकायमा मौखिक र लिखित जानकारी गराए पनि धम्की दिनेहरू पत्ता नलागेको समाचारमा उल्लेख छ ।
 
आजको कान्तिपुरले भने मानव अधिकार आयोग ऐन संसोधन विद्येयकका विषयमा सरकार र आयोगबीच देखिएको विवादलाई मुख्य समाचार बनाएको छ । प्रस्तावनाबाट स्वायत्तता र स्वतन्त्रता शब्द हटाइएकामा र महान्यायाधिवक्ताको कार्यालयलाई सिफारिस गर्नुपर्ने प्रावधान राखिएकामा आयोगको मुख्य आपत्ति रहेको समाचारमा उल्लेख छ ।
 
आयोगका अध्यक्ष अनुपराज शर्माले संसोधन विद्येयक हुबहु पारित गराए नेपालको प्रतिष्ठा गुम्ने र त्यसको नतिजा सरकारले भोग्नु पर्ने चेतावनी दिएका छन् । कानुनमन्त्री भानुभक्त ढकालले भने विद्येयक फिर्ता नगर्ने अडान लिएका छन् । उनले माइतिघरको प्रदर्शन र रिटायर्ड न्यायाधीशहरुले भनेकै आधारमा कानुन नबन्ने बताएका छन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।