मंगलबार, वैशाख ११, २०८१

सिडिओलाई महासंघको प्रश्न – ममताको अपहरणकारी खै ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
भैरहवा – पत्रकार बिन्दुकुमार चौहानकी छोरी ममता चौहानको अपहरण गर्ने व्यक्ति खै भन्दै नेपाल पत्रकार महासंघको नेतृत्वमा रुपन्देहीका पत्रकारहरु मंगलबार जिल्ला प्रशासन कार्यलयमा पुगेका छन्।

नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति यानेन्द्र जिसीको नेतृत्वमा जिल्लाका सक्रिय पत्रकारहरुको टोली जिल्ला प्रशासन कार्यलय रुपन्देहीमा पुगी अपहरणमा संलग्नलाई करिब महिना दिन बितिसक्दा पनि पक्राउ नगरिएकोप्रति गम्भिर आपत्ति जनाएका हुन्। पत्रकारहरुले प्रमुख जिल्ला अधिकारीको ध्यानकर्षण गराउँदै ममताको अपहरणमा संलग्नलाई तत्काल पक्राउ गरी कानुनी कारबाहि नगरे पत्रकारहरु प्रहरी प्रशासनविरुद्ध आन्दोलनमा उत्रीने चेतावनिसमेत दिएका छन्। 

अग्रज पत्रकारहरु नारयण सापकोटा, चेतन पन्त, लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधब ढुंगानासहित प्रशासन पुगेका पत्रकारहरुले ममताको अपहरण सम्बन्धमा प्रमुख जिल्ला अधिकारीको धारणासमेत माग गरेका थिए। सभापति जिसीले एक पेज लामो ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाउँदै अपहरणमा संलग्नलाई तत्काल खोजतलास गरी पक्राउ गर्न आग्रहसमेत गरेका छन्।

पत्रकारहरुको ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना मगरले ममताको अपहरणमा संलग्न जो कोही भएपनि छिट्टै पक्राउ गर्ने बताएका थिए। प्रमुख जिल्ला अधिकारीसंगै रहेका रुपन्देही प्रहरी प्रमुख हृदय थापाले पत्रकार विन्दुको छोरीको अपहरण गर्नेको खोजी भइरहेको बताए।

लुम्बिनी क्षेत्रबाट विगत तीन दशकदेखी पत्रकारिता गर्दै आएका चौहानको छोरीको चैत्र १९ गते मंगलबार सुतिरहेको अवस्थामा अज्ञात समुहले अपहरण गरेका थिए। लुम्बिनी सांस्कृतिक नगरपालिका १० मुगलाहस्थित  घरमै सुतिरहेकी छोरी ममता शारिरीक र मानसीक रुपले पुर्ण रुपमा अशक्त छिन्।

प्रहरी र आफन्तको खोजतलासीको क्रममा उनी लुम्बिनी तौलीहवा सडकखण्डको दक्षिणी क्षेत्रमा रहेको गहुँको खेतमा अर्कोदिन बिहान ९ बजे फेला परेकी थिइन्।  गोरु तस्करीको विषयमा निरन्तर कलम चलाउँदै आएका पत्रकार चौहान एबिसी टिभी, बुटवल टुडे, लुम्बिनीखबरमा रिर्पोटरको रुपमा काम गर्दै आएका छन्। उनलाई धेरै पहिलेदेखी नै गोरु तस्करहरुले समाचारको विषयलाई लिएर ज्यान मार्ने तथा परिवारका सदस्य अपहरण गर्ने धम्कि दिँदै आएका थिए। महासंघको डेलिगेसन टिममा रहेका दुई दर्जन पत्रकारसंगै सिडिओ कार्यलय पुगेका चौहानले भने,  ‘यो सब काम तीनै गोरु तस्करहरुले गरेका हुन्। जसले मलाई बारम्बार धम्कि दिईरहेका थिए। ’

पत्रकार चौहानको छोरीलाई अपहरण भएको देखिदा पनि प्रहरीले गम्भिरतापूर्वक नलिएको पत्रकार महासंघ रुपन्देहीका सचिव आर पी आचर्यले बताए। उनले भने , ‘हामीले प्रहरी प्रशासनले आफ्नो ढंगले खोजतलास गरोस् भन्ने चाहेका छौं। यदि यसलाई गम्भिरतापूर्वक लिइएन भने पत्रकारहरु बाध्य भएर प्रहरी प्रशासनको ढिला सुस्ती विरुद्ध खनिनु पर्ने अवस्था आउन सक्छ। ’

पत्रकार चौहानको छोरीलाई लुम्बिनीमा गोरु तस्करीका मुख्य नाइके मोबिन मुसलमान र उनका सहयोगी हरिराम हरिजनले अपहरण गरेको हुन सक्ने आशंका गरिएको छ। यद्यपी घटना पश्चात प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको भएता पनि शक्ति केन्द्रको दबाबका कारण छाडिदिएको देखिन्छ। लुम्बिनी क्षेत्रका  प्रदेश सभा सदस्य फकरुद्धिन मुसलमानले उक्त काण्ड मिलाउन बारम्बार विभिन्न व्यक्ति मार्फत पीडित चौहान परिवारलाई दबाबसमेत दिएका थिए ।

यता छोरीको अपहरणकारीलाई प्रहरीले पक्राउ नगरेपछि पत्रकार चौहानको घर परिवारले श्रीमानको पत्रकारिता पेशाकै कारण आफूहरु असुरक्षीत भएको भन्दै त्रसीत भएका छन्। ३९ बर्षिय श्रीमति मिरा चौहान जत्तिबेला पनि श्रीमानलाई तत्काल पत्रकारिता छाडिदिनुस् , यसले हामी सबैलाई मृत्युको मुखमा पुराउछ भन्दै श्रीमानसँग गुनासो गर्दै आएकी छन्। 

७ जना छोराछोरी र श्रीमतिले पत्रकारिताकै कारण परिवार असुरक्षीत भएकोले उक्त पेशा बदल्न दैनिक दबाब दिइरहदा आफू दु:खीत भएको पत्रकार चौहानले पत्रकारसँगै रहेका रुपन्देहीका प्रमुख जिल्ला अधिकारी समक्ष राखे। उनले गला अवरुद्ध पार्दै भने , ‘तीन दशक देखी सामाजिक अपराध, विकृति र विसंगी विरुद्ध पत्रकारिता मार्फत लड्दै आए। तर, आज मेरो अपांग छोरीलाई अपहरण गर्नेको नामै किटेर भन्दासमेत प्रहरीले अपराधी पक्राउ नपर्दा परिवार त्रसीत भएको छ। म अत्यन्तै दु:खीत छु।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।