बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ट्रकले युवती किचेपछि कैलाली तनावग्रस्त, प्रहरीमाथि ढुंगामुढा

ट्रकले युवती किचेपछि कैलाली तनावग्रस्त, प्रहरीमाथि ढुंगामुढा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
कैलाली : कैलालीको लम्कीमा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ।युवतीको मृत्युपछि आक्रोशित भएका स्थानीयले दोषीलाई कारवाही र मृतकका परिवारलाई क्षतीपूर्ती माग गर्दै राजमार्ग अवरुद्ध पारेपछि स्थिती तनावग्रस्त भएको हो।

प्रर्दशन उग्र भएर स्थानीयले प्रहरीमाथि नै ढुङ्गा हानेपछि भीड नियन्त्रणमा लिन अश्रुग्यास समेत प्रहार गरिएको छ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्ष बहादुर बस्नेतले प्रर्दशन उग्र भएपछि भीड नियन्त्रणमा लिन केही सेल अश्रुग्यास प्रहार गरिएको जानकारी दिए। प्रर्दशनका क्रममा स्थानीयले हानेको ढुङ्गा लागेर केही सुरक्षाकर्मी घाईते भएको प्रहरी नायब उपरिक्षक बस्नेतले बताए। उनका अनुसार स्थिती तनावग्रस्त भएपछि लम्कीमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ। स्थानीयले अहिले पनि प्रर्दशन जारी राखेका छन्। राजमार्ग अवरुद्ध भएपछि यातायातका साधन लम्कीमै रोकिएका छन्।

ट्रकले ठक्कर दिदा एक युवतीको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका वडा नम्बर १ मा आज बिहान ना  ७ ख ९२३३ नम्बरको ट्रकको ठक्करबाट साईकलमा सवार सोही स्थानकी अन्दाजी २३ वर्षीय सुनिता रावलको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटना पछि स्थानीयले राजमार्ग अवरुद्ध पारेका छन्।

स्थानीय बासिन्दा र प्रहरीबीच झडप हुँदा ७ प्रहरी र एक जना शिक्षक घाइते भएका छन्। उनीहरुको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ।सो क्रममा प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गरेर घाइते बनाएको कैलालीका एसपी आभूषण तिम्सिनाले बताए। मृतकको शव आफन्तले उठाउन दिएका छैनन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड हवाई फायर समेत गर्नुपरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।