बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सिटिइभिटि गिरोहको धम्की : रेप केस त मिलाएँ,जे गर्न सक्छेस् गर !

सिटिइभिटि गिरोहको धम्की : रेप केस त मिलाएँ,जे गर्न सक्छेस् गर !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
इटहरी- सुनसरीकी कमला अधिकारी (नाम परिवर्तन) सिटिइभिटिको मेडिकल विद्यार्थी हुन । विद्यार्थी हुँदा उनलाइ पसल रोकाया नामका युवकले फेसबुक साथी प्रस्ताव पठाए । अधिकारीले स्वीकार गरिनन् । रोकायाले 'आफू सिटिइभिटिसँग जोडिएको मान्छे' भनेपछि भने अधिकारीले स्विकार गरिन । 

फेसबुक साथी बनेपछि रोकायाले लगातार आफूसँग च्याट गरेको, पढाइ र परिक्षाको बारेमा कुराकानी गरेको अधिकारी बताउँछिन । कतिसम्म भने  सिटिइभिटिमा फेल भएमा पास गराउने सम्मको धाक दिए रोकायाले । अधिकारीले पत्याइन् । आफ्नो एउटा बिषयको परिक्षामा राम्रो गर्न नसकेपछि अधिकारीले रोकायालाइ दुःखेसो पोखिन् ।

रोकायाले आफूलाई ३ लाख दिएमा जसरीपनि पास गराउने बताए । अधिकारीले आफुले एकैपटक ३ लाख दिन नसक्ने बताइन् । रोकायाले सुरुमा २ लाख ३० हजार र पास भएपछि ७० हजार दिएपनि हुने बताए ।
 
अधिकारीले स्वीकारीन । र, उनले २०७४ असोजमा धरानबाट ५० हजार आइएमइ गरिन । २०७४ माघ १७ गते ५० हजार  र २०७४ माघ २३ गते पुनः ३० हजार रकम आइएमइ बाट रोकायाको नाममा पठाइन अधिकारीले । त्यतिमात्रै हैन, उनले २०७५ जेठ २४ गते थप १ लाख रकम रोकायाले भनेको त्रिलोकसिं खत्रिको नाममा पठाइन । खत्रिको राष्ट्रिय वाणिज्य बैंकको खातामा अधिकारले रमक पठाइन । 

६०३०२६/३ नागरिकता नम्बर र , ९८५१००४७५० र ९७४८०८२६५० मोबाइल नम्बर भएका रोकायाले पटक पटक आइएमइ र बैंकहरुबाट रमक लिएको नेपाल समयले कागजातहरु पाएको छ ।



पैसा फिर्ता माग्दा बलात्कार समेत मिलाएको भन्दै ज्यान मार्ने धम्कि

पटकपटक गरेर २ लाख ३० हजार रोकायाले लगेपछि परिक्षाको रिजल्ट आयो । तर, अधिकारी फेल भइन । उनले त्यसपछि पैसा माग्न थालिन । पैसा माग्न थालेपछि रोकायाले धम्कि दिन थाले । 

अधिकारीले कि मेरो काम होस कि पैसा फिर्ता दिनुस भन्दा फेसबुक म्यासेजमा रोकाया धम्क्याउछन, 'रेप केस त मिलाए । जे गर्न सक्छेस गर ।' पैसा मागेमा सिटिइभिटिबाट रेजिष्टेसन नम्बर खारेज गर्ने र पावर सो गर्ने सम्मको धम्कि रोकायाले च्याटमा दिएका छन्।


 
गुन्डा नाइके चक्रे मिलन र कर्णाली प्रदेशका नेकपाका सांसद यमलाल कँडेलसँगका तस्बिरहरु सामाजीक संजालमा राखेर आफु शक्तिशाली भएको धम्कि दिने अधिकारीले बताइन् । अधिकारी मात्रै हैन दर्जनौँ महिलालाइ रोकायाले यस्तैगरी ठग्ने गरेको पाइएको छ ।

रोकायाले ठगेको भन्दै धरान प्रहरीमा उजुरी

पटक-पटक लाखौँ रमक लिएर दर्जनौँ युवतीहरुलाइ ठगी गरेका रोकायाको विरुद्धमा धेरैले आवाज नउठाएको अधिकारीले बताइन् । तर, आफुले भने धरान प्रहरीमा उजुरी दिएको  बताइन । २०७५ फागुन ५ गते अधिकारीले उजुरी दिएपनि अहिलेसम्म रोकाया पक्राउ परेका छैनन् । 

यता, इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुनम तिम्सिनाले भने ठगीको मुद्धा सरकारवादी भएको भन्दै पीडितको सुरक्षा  र अनुसन्धापछि दोष प्रमाणित भएपछि कारबाही हुने बताउँछन् । उनले भने, 'ठगीको मुद्धामा प्रहरीले धेरै गम्भिर भएर अनुसन्धान गर्छ । दोषीलाइ कसुर अनुसार कारबाही हुन्छ ।'



 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।