एजेन्सी- ब्राजिलियन तथा पेरिस सेन्ट जर्मेन (पिएसजी)का स्टार फरवार्ड नेयमार आफ्नै प्रशिक्षक थोमस टुचेलबाट आलोचिक भएका छन् । खेल दौरान नेयमारले समर्थक प्रति गरेको व्यवहारलाई लिएर प्रशिक्षक टुचेलले आलोचना गरेका हुन् ।
नेयमारले फ्रेन्च कपको फाइनलमा रेनससँग भएको खेल पछि पिएसजीका खेलाडीसँग तस्बिर लिँदा समर्थकलाई हातपात गरेका थिए । ‘तिमी समर्थकमाथी हातपाल गर्न पाँउदौ नौ । तिमीले त त्यसलाई झन सम्मा गर्नु पर्छ ।’
प्रशिक्षक टुचेलले भने, ‘तिम्रो यस कार्यले मलाई समेत गाह्रो बनाई दिएको छ । यो मेरा लागि समेत एक निकै कठिन परिस्थिती हो ।’ पछिल्लो चार संस्करणका लगातार फ्रेन्च कपको च्यम्पियन बनेको पिएसजी रेनससँग पेनाल्टी सुटआउटमा ६-५ ले पराजित भएको थियो ।
२-० को सुरुवाती अग्रता लिएको पिएसजीले अग्रता जोगाउन नसक्दा खेल २-२ गोलको बराबरी पुगेको थियो । त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुग्दा पिएसजी पराजित भएको थियो । गत शुक्रबारमात्र नेयमारलाई युइएफएले तीन खेलको प्रतिबन्ध लगाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४