शनिबार, वैशाख ८, २०८१

लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाइयो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – नेपाल वायु सेवा निगमका क्याप्टेन विजय लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाइएको छ। नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले लामाको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै स्पष्टीकरण सोधेकामा चित्त बुझ्दो जवाफ नआएपछि प्रवक्ताको जिम्मेवारीबाट हटाएको हो।

निगमको दुबई उडान स्थगित भएपछि लामाले केही मिडिया तथा सामाजिक सञ्जालमा आफूलाई ‘निद्रा नलाग्ने’, ‘मानसिक तनाव’ रहेको जस्ता अभिव्यक्ति दिएका थिए। लामाको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै क्यानले उनको लाइसेन्स तत्कालका लागि ‘सस्पेन्स’ गर्ने निर्णय गरेको हो।

‘उनी (क्याप्टेन लामा)ले रेडियो, युट्यूब च्यानल तथा फेसबुकतिर आफूलाई निद्रा नलाग्ने, ‘स्ट्रेस’ हुन्छ भन्ने अभिव्यक्ति दिए। हाम्रो नियमअनुसार स्वास्थ्य परीक्षण गराउनुपर्ने हुन्छ। उनले हामी (क्यान) लाई रिपोर्ट गराउनुभएन, यसबारे स्पस्टिकरण पनि चित्तबुझ्दो नआएपछि प्रवक्ताको जिम्मेवारीमा रहुन्जेल जहाज उडानमा रोक लगाइएको हो,’ प्राधिकरणका एक वरिष्ठ अधिकारीले भने।

प्राधिकरणको सेफ्टी हेर्ने विभागले लामाले विभिन्न मिडियामा दिएको अभिव्यक्तिबाट गम्भीर सुरक्षा चासो उत्पन्न भएको भन्दै ‘लामालाई जहाज उडाउन किन दिने?’ भन्दै स्पष्टीकरण सोधेको थियो। रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।