काटमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री एवं सांसद राजेन्द्र लिङदेनले सरकारका नाममा रहेको टुँडिखेल भूमाफियाले खाने प्रपञ्च गरिरहेको बताएका छन्।
सोमबारदेखि शुरु भएको संसदको चौथो अधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन्। ‘बालुवाटारको जग्ग प्रकरणले हामी सबैलाई लज्जाबोध गराएको छ’, उनले भने, ‘अब टुँडिखेल खाने प्रपञ्च हुँदैछ।’
वाइडबडी काण्डमा नेपाल बायुसेवा निगमलाई तीन अर्ब घाटा भएको उनले आरोप लगाए। मेलम्ची आयोजना ढिलाई भएको र ठेकेदार कम्पनीले छोडेको बिषयमा छानबिन गर्न सरकारसँग माग गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४