शुक्रबार, वैशाख १४, २०८१

बाढी पीडितलाई स्वास्थ्य सामग्री वितरण

यस वर्षको मनसुन सुरुआतसँगै आएको बाढीबाट प्रभावित सिन्धुपाल्चोकका विभिन्न पालिकाका बासिन्दालाई औषधि तथा स्वास्थ्य सामग्री वितरण गरिएको छ।
 |  आइतबार, भदौ ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ६, २०७८

सिन्धुपाल्चोक- यस वर्षको मनसुन सुरुआतसँगै आएको बाढीबाट प्रभावित सिन्धुपाल्चोकका विभिन्न पालिकाका बासिन्दालाई औषधि तथा स्वास्थ्य सामग्री वितरण गरिएको छ।

triton college

सात शिखर आरोही महिलाको संस्था ग्लोबल इन्क्लुशिभ एडभेन्चर अर्गनाइजेशनको समन्वयमा ‘एक एक पाइला’ नामक संस्थाले जिल्लाका तीन पालिकालाई स्वास्थ्य सामग्री वितरण गरेको हो। 

सिन्धुपाल्चोक उद्धार कार्यक्रमअन्तर्गत मेलम्ची नगरपालिका तथा हेलम्बु र पाँचपोखरी गाउँपालिकाका पाँच सय घरपरिवारलाई लक्षित गरी स्वास्थ्य सामग्री र औषधि वितरण गरिएको हो। फाउण्डेसनका अध्यक्ष डा सुमन शम्सेर थापाले ती सामग्री हस्तान्तरण गर्दै बाढी र पहिराबाट प्रभावित जनतालाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य सामग्री तथा औषधि वितरण गरिएको बताए। 

उनले राजधानीमा बसोबास गर्ने शहरी गरिबलाई लक्षित गरी थापाथलीमा सामुदायिक अस्पताल सञ्चालन गरिएको र निकट भविष्यमा जाजरकोटमा पनि अस्पताल स्थापना गर्न लागिएको जानकारी दिए। 


प्रकाशित: Aug 22, 2021| 12:45 आइतबार, भदौ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।