बिहीबार, वैशाख १३, २०८१

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - आज बैशाख १५  गते आइतबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

जहाँ हरेक तीन मिनेटमा भूकम्प जान्छ

एक रिर्पोट अनुसार दक्षिण क्यालिफोर्नियामा हरेक तीन मिनेटमा भूकम्प जान्छ। क्यालिफोर्निया इन्स्टिट्युट अफ टेक्नोलोजी र युनिभर्सिटि अफ क्यालिफोर्निया (सेन डिएगो) को अध्ययनमा यस्तो खुलासा भएको हो। दक्षिण क्यालिर्फोनियामा २००८ देखि २०१७ को बीचमा २० लाख पटक भूकम्प आएको थियो। तर, यसको तिव्रता २.० देखि ३.० रेक्टरस्केल थियो। त्यसैले मानिसहरुले महसुस गर्न पाएनन्। रिर्पोट अनुसार यो ठाउँमा दिनहुँ चार सय ९५ पटक भूकम्प जाने गरेको छ। 

नेपाल–चीन बिच तीन सम्झौतामा हस्ताक्षर

नेपाल–चीन व्यापार तथा आर्थिक मञ्च (नेपाल चाइना इकोनोमिक एण्ड ट्रेड फोरम) मा आइतबार नेपाल तथा चीनका विभिन्‍न पक्षबीच तीन सम्झौतामा हस्ताक्षर भएको छ।

कांग्रेसको आरोप : सरकारले संसदलाई बाइपास गर्न खोज्यो

सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारले नीति तथा कार्यक्रम ल्याउनु अगाडि प्रि–बजेट बारे छलफल नै गर्न नखोजेको आरोप लगाएको छ। प्रि–बजेट बारे छलफल नै नगरी नीति तथा कार्यक्रम ल्याउनु संसदको अवमूल्यन हुने कांग्रेसको ठहर छ।

पार्टी दर्ताको लागि सिके राउत पुगे निर्वाचन आयोग

स्वतन्त्र मधेशको अभियान छोडेर जनत पार्टी स्थापना गरेका सिके राउत पार्टी दर्ताका लागि निर्वाचन आयोग पुगेका छन्। आइतबार पार्टी अध्यक्ष डा.सिके राउतसहितको टोली निर्वाचन आयोग पुगेर पार्टी दर्ताको लागि निवेदन दिएको हो।

धनुषामा हावाहुरीको बितन्डा, लाखौंको क्षति

बारापछि आइतबार बिहान आएको हावाहुरीले धनुषामा ठुलो परिणाममा भौतिक क्षति भएको छ। आइतबार बिहान करिब साढे तीनबजे तिब्र गतिमा आएको हावाहुरीले जिल्लाको विभिन्न स्थानमा भौतिक क्षति भएको हो।

विश्व पर्यटन मञ्चमा प्रदेश १ बाट भुसाल र श्रेष्ठ

यहि बैशाख १९ र २० गते स्विट्जरल्यान्डमा हुने विश्व पर्यटन मञ्चमा प्रदेश १ बाट पर्यटन व्यवशायीद्वोय सुनिल भूषाल र लोकेन्द्र श्रेष्ठले प्रतिनिधित्व गर्ने भएका छन्। भुषाल इटहरीको प्रसिद्ध होटल प्रिमियर स्कुलका सिइओ हुन भने श्रेष्ठ धरानको धरान इन्टरनेसनल कलेज अफ होटल म्यानेजमेन्टका सिइओ हुन्। 

लतितपुरमा पनि सार्वजनिक जग्गा अतिक्रमण, स्थानीय आक्रोसित

सिजी कम्पनीले ललितपुर महानगरपालिका धापाखेलमा रहेका सार्वजनिक जग्गा अतिक्रमण गरि प्लानिङ गर्न लागेको भन्दै स्थानीय आक्रोसित बनेका छन्। आक्रोसित स्थानीयले उक्त जग्गा तत्काल अतिक्रमण हुनबाट रोक्न आग्रह गर्दै आइतबार महानगरलाई ज्ञापनपत्र बुझाएका छन्। 

नेपालीलाई दुःख दिने कोरियन पादरी फरार !

इटहरीमा रहेर धर्म प्रचारमा सक्रिय कोयरयन पादरी फरार भएका छन्। दशक बढी समयदेखी धर्म प्रचारमा सक्रिय र नेपालीलाई घरमै गएर धम्की दिने कोरियन पादरी सोङ जे हुन् फरार भएका हुन्।

सुदूरपश्चिममा नेकपाको सपथ : तीन सचिवले गरे बहिस्कार

 सुदूरपश्चिम प्रदेशमा नेकपाका जिल्ला अध्यक्ष र सचिवले सपथ ग्रहण गरेका छन्। नेकपाको प्रदेश कार्यालय धनगढीमा आइतबार उनीहरुलाई सपथ ग्रहण गराइएको हो।  

शैक्षिक प्रमाणपत्र धितो राखेको ऋणबाट व्यवसाय

पाल्पाको बगनासकाली गाउँपालिका वडा नं. २ पोखराथोककी सचिना अधिकारीले स्नातक तह उत्तीर्ण गरिन्। उनी जागीरका लागि धेरै ठाउँमा भौँतारिइन्। जागीर दिने निकायमा आफन्त वा इष्टमित्र नहुँदा योग्यता भएर पनि जागीर नपाएको अनुभव उनले सङ्गालेकी छन्। अधिकारी जस्तै धेरै युवाका लागि बेरोजगारी गम्भीर चुनौती बन्दै गएको छ।

'विष्णु पौडेलसहित वालुवाटार प्रकरणका दाेषीलाई कारवाही गर'

 नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुणदलले विभिन्न भ्रष्टाचार काण्डमा संलग्नलाई कारवाहीको माग गर्दै धनगढीमा प्रर्दशन गरेको छ। तरुणदलले निर्मला हत्यादेखि वाइडवडी खरिद, वालुवाटारको जग्गा खरिद प्रकरणमा संलग्नलाई कारवाहीको माग गरेको छ। 

बेल्जियममा पनि कांग्रेस गुटबन्दी

नेपाली कांग्रेसको गुटगत विवादको प्रभाव विदेशस्थित शुभेच्छुक संस्थामा पनि सतहमा आएको छ। बेल्जियमस्थित जनसम्पर्क अधिवेशनका विषयमा विवाद छ। त्यही विवादमा यतिबेला पार्टीका शीर्ष नेताहरू आरोप प्रत्यारोपमा उत्रिएका छन्।

घोराहिमा बस दुर्घटना, सात घाइते

तुल्सीपुरबाट दाङको घोराहि तर्फ आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते बताएका छन्। तुल्सीपुरबाट छुटेको ना५ख २२३४ नम्वरको राप्ती यातायातको बस हात्तिखवा भन्ने स्थानमा सडकबाट सात मिटर तल खसेको थियो।

‘लाभको पद’ नपाउने जनआन्दोलनका पार्टी कमान्डर

२०६१ माघ १९ देखि २०६३ वैशाख ११ सम्म तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन थियो। दलीय व्यवस्था ढालेर निर्दलीय पञ्चायतकै झल्को दिने शासन थियो। यसविरुद्ध २०६२ चैत २२ गतेबाट तत्कालीन एमाले, कांग्रेस, सद्भावना पार्टी, जनमोर्चा, नेमोकिपा लगायतका सात दलले आन्दोलन छेडे। काठमाडौं आन्दोलनको इपिसेन्टर बनेको थियो। काठमाडौं बाहिर प्रदेश १ मा आन्दोलन हुने क्षेत्रहरु विराटनगर, इटहरी र धरान थिए। 

नेकपा र कांग्रेसलाई महासङ्घको ध्यानाकर्षणपत्र

नेपाल पत्रकार महासङ्घले प्रेस स्वतन्त्रता कायम गर्नुपर्ने माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेससलाई ध्यानाकर्षण पत्र बुझाएको छ। 

नेकपाको  जनसंगठन एकीकरण : नाम र नेतृत्वमा रस्साकस्सी

भरखरै जिल्ला नेतृत्वको टुंगो लगाएको नेकपामा अब सबैको ध्यान २२ जनवर्गीय संगठनतिर केन्द्रित गएको छ। विशेषगरी विद्यार्थी, महिला, किसानलगायतका  प्रभावकारी संगठन रहेकाले एकीकरण चाँडो गर्न दबाब छ।

नौ जनाको ज्यान गएपछि बल्ल पुग्यो चिकित्सककाे टोली हुम्ला

पहिचान नभएको रोगका कारण नौ जनाको मृत्यु भएपछि प्रदेश सरकारको पहलमा आइतबार बिहान बल्ल औषधि र चिकित्सकको टोली रोग प्रभावित ताजाकोट गाउँपालिका पुगेको छ । 

ट्राफिकले सात दिनभित्र जथाभावी राखिएका काउन्टर हटाउने

ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी राखिएका बस टिकट काउन्टर सात दिनभित्र हटाउने भएको छ ।

मेसीको गोलमा ३ खेल अगावै बार्सा च्याम्पियन

तीन खेल अगावै स्पेनिस लिग फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । शनिबार राति भएको खेलमा लेभान्तेलाई १–० ले हराउँदै बार्सिलोनाले उपाधि हात पारेको हो ।

राजस्थान प्ले अफमा छनोट हुने सम्भावना कायमै 

राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०१९ मा पाँचौं जित निकाल्दै प्ले अफका लागि छनोट हुने सम्भावना कायमै राखेको छ । 

‘कन्हैयालाई  समर्थन नदिएर लालुले ठुलो गल्ती गरे’

भोपाल लोकसभा सीटबाट चुनाव लडिरहेका मध्यप्रदेशका पूर्व मुख्यमंत्री दिग्विजय सिंह आइतबार अचानक भारतीय कम्युनिस्ट पार्टीको कार्यालय पुगेका थिए। उनले भाकपालाई विचारधारामा आधारित लडाई लड्ने राजनीतिक पार्टी भएको बताएका थिए।

प्रेमको कुन स्टेजमा हुनुहन्छ तपाईं?

माया। सजिलै अथ्र्याउन नसकेको शब्द। भनिन्छ, मायामा पर्नु सजिलो छ। तर त्यसलाई निरन्तरता दिनु निकै गाह्रो। सुरुवाती अवस्थामा उत्कर्षमा पुग्ने प्रेम समय बित्दै जाँदा दिक्दार र झर्कोमा परिणत हुन सक्छ।

कक्षा १२ को परीक्षा सुरु, चार लाख विद्यार्थी सहभागी 

कक्षा १२ को वार्षिक परीक्षा आइतबारबाट सुरु भएको छ । परिक्षामा  चार लाख २८ हजार ५२ परिक्षार्थी सहभागी रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । 

भोलिबाट बजेट अधिवेशन, यस्ता छन् एजेन्डा

सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को सोमबारदेखि शुरु हुने चौथो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।