बुधबार, वैशाख १२, २०८१

धनुषामा हावाहुरीको बितन्डा, लाखौंको क्षति

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम – बारापछि आइतबार बिहान आएको हावाहुरीले धनुषामा ठुलो परिणाममा भौतिक क्षति भएको छ। आइतबार बिहान करिब साढे तीनबजे तिब्र गतिमा आएको हावाहुरीले जिल्लाको विभिन्न स्थानमा भौतिक क्षति भएको हो।

हावाहुरीका कारण विभिन्न स्थानमा फुसका घरहरु भत्किएका छन् भने ठाउँठाउँमा बिजुलीका पोल र ट्रान्सफर्मरहरु ढलेका छन्। बिजुलीका पोल र ट्रान्सफर्मर ढलेपछि विद्युत आपूर्ति ठप्प भएको छ। जनकपुरभित्र अपरान्हदेखि विद्युत आपूर्ति सुरु भएपनि ग्रामीण भेगहरुमा आपूर्ति नियमति हुन थप दुई तीन दिन लाग्न सक्ने प्राधिकरणले जनाएको छ।



तिव्र गतिमा आएको हावाहुरीका कारण जनकपुरसहित जिल्लाको विभिन्न स्थानगरी सयभन्दा बढी बिजुलीका पोलहरु ढलेका कारण विद्युत आपूर्तिमा समस्या भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जनकपुरका इन्जिनियर प्रवीण मिश्रले बताए।

मिश्रका अनुसार जनकपुर उपमहानगरपालिकाभित्र तीन र विदेह नगरपालिकामा एक ट्रान्सफर्मर हावाहुरीका कारण ढलेका छन्। जनकपुरमा अन्य ट्रान्सफर्मर जडान गरी विद्युत आपूर्ति नियमित गरिएपनि ग्रामीण क्षेत्रहरुमा अत्याधिक संख्यामा बिजुलीका पोलहरु क्षतिग्रस्त भएकोले जडान गर्न समय लाग्न सक्ने उनले बताए।



यता हावाहुरीका कारण धनुषामा ठुलो संख्यामा भौतिक क्षति भएपनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले हावाहुरीका कारण अधिकांश स्थानका घरहरुको छाना उडाएर लग्दा क्षति भएको बताए। डीएसपी कार्कीले आइतबार अपरान्हसम्म प्राप्त जानकारीअनुसार हावाहुरीले घरटहरा भत्काउँदा  करिब ३८ लाख मूल्य बराबरको भौतिक क्षति भएको बताए। क्षतिको विवरण आउने क्रम जारी रहेको उनको भनाइ छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।