शुक्रबार, वैशाख ७, २०८१

नेपालीलाई दुःख दिने कोरियन पादरी फरार !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
इटहरी – इटहरीमा रहेर धर्म प्रचारमा सक्रिय कोयरयन पादरी फरार भएका छन्। दशक बढी समयदेखी धर्म प्रचारमा सक्रिय र नेपालीलाई घरमै गएर धम्की दिने कोरियन पादरी सोङ जे हुन् फरार भएका हुन्।

इटहरी ३ मा रहेको साविकको युकि चाउचाउ फ्याक्ट्री क्षेत्रमा रहेको परमेश्वरको मन्डली विश्व सुसमाचार समाज (सियोन)का हर्ताकर्तासमेत रहेका जे एकएक फरार भएका हुन्। चर्चका एक जानकारका अनुसार पादरी उजुरी परेको भोलीपल्टै इटहरीबाट काठमाडौं हुँदै कोरिया फर्केका छन। उनी कोरिया फर्केपछि उनको तर्फबाट उनका सहयोगीहरुले माफी मागेका छन्।  

अनु राई, आयुसा चौधरी, अभिसेक कार्की, सुलेमान मेचे, सुनिल प्रधान आदिले मन्डलिका तर्फबाट आइतबार दिउँसो इलाका प्रहरी कार्यालय इटहरी पुगेर माफी मागेका हुन्। मन्डलिको नेतृत्वको तर्फबाट सुमन योन्जन, गणेश  खनाल,  रसन्त श्रेष्ठ र भरत तामाङलेसमेत माफी मागेको पीडित अभिसेक कार्कीले बताए। अब यस्तो कार्य नगर्ने भन्दै माफि मागेको कार्कीले बताए। उनले भने, ‘कोरियन नागरिकको अनुपस्थितिमा माफी मागेकोले नरमाइलो लागेको छ।’

यसरी बाहिरियो कोरियन पादरी प्रकरण

यही  बैशाख ७ गते सोही चर्चकी विश्वासी इटहरीकी अनु राईको घरमै पुगेर कोरियन पादरी सोङ जे हुनले धम्कि दिए।  उनको  उक्साहटमा अनु राईलाई आयुसा राईले कुटपिट  गरिन्। अभिसेक कार्कीलाई भने जयराम राईले अश्लिन गाली गरेर धम्कि दिए। कुटपिट र  धक्कीपछि  ८ गते किटानी जाहेरी दिएपनि कोरियनलाई प्रहरीले पक्राउ गरेन।  

चर्च नजिकै रहेको अनु राईको घरमा चर्चका विश्वासीहरु अभिषेक कार्की, आयुसा चौधरीलगायत भएको अवस्थामा कोरियन नागरिक आएर धम्क्याएको पीडितहरूले बताए। 

कोरियन पादरीले चर्चमा भनेका विभिन्न १५ सवालहरूमा प्रश्न गरेको आधारमा आफूहरूलाई घरमै आएर कोरियन मूलका नागरिक हुनले आफूहरूलाई धम्क्याएको पीडित तथा सोही चर्चका विश्वासी अभिषेक कार्कीले बताए। ‘हामी बसिरहेको अवस्थामा घरमै आएर हुनले गर्न खोजेको के हो भन्दै धम्क्याए’, कार्कीले भने, ‘त्यसपछि चर्चका मान्छे ल्याएर कुटपीट गरियो।’

२०१२ मा संसार सकिन्छ भनिएको, बाइबललाई तोडमोड गरिएको लगायतका चर्चका कोरियन पादरीले गरेका विभिन्न १५ हर्कतमा प्रश्नहरू गरेपछि मान्छे उचालेर धक्कि दिएको, प्रमाण नष्ट गर्न दबाब दिएको पीडित कार्कीको आरोप छ। चर्चलाई दशांश (कुल आर्जनको दश प्रतिशत) दिने नाममा विश्वासीहरुलाई अंश माग्न लगाउने, डिभोर्स गर्न उक्साउने, चर्चका फुलटाइमर पुरुषलाई परिवार नियोजन गर्न लाउने र महिलाहरूलाई बच्चा हुँदा गर्भपतन गर्न लाउने पनि पीडितहरूले बताएका छन्।

किटानी जाहेरी पछि पक्राउ नगर्दा फरार

नेपालीलाई घरमै गएर धम्कि दिएको र मान्छे उचालेर कुटपीट गरेको बारेमा बैशाख ८ गते उजुरी दिएपनि प्रहरीले कोरियन नागरकिलाई पक्राउ गरेन। 

पीडितहरूले कोरियन नागरिकलाई छलफलमा राख्नुपर्छ भन्दा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनेन्द्रहाङ खजुमले पीडितहरूलाई बाहिर निकालेर छलफल हुन नदिएको  बताए।  छलफलका प्रत्यक्षदर्शि तथा इटहरीका पत्रकार विकल पौडेलले कोरियन ल्याएपछि मात्रै छलफल हुन्छ भनेपछि सञ्चारकर्मीहरूलाईसमेत जबरजस्ती बाहिर जान खजुमले थर्काएको बताए। पीडितहरूले इलाका प्रहरी अगाडि रोइकराई गरेपनि प्रहरीले कोरियन नागरिकलाई छलफलमासमेत नबोलाएको पौडेलले बताए। 

कतिसम्म भने नक्कली सफ्टवेयर कम्पनी खोलेर भिजिट भिसामा नेपालमा बस्ने कोरियनले नेपालीको लाखौं पैशा दशांशको नाममा कोरिया लैजाने पीडितहरूले बताएका छन्। यता, इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर बुद्धि चौलागाइले भने कोरियन नागरिकलाई खोजी गर्न इलाका प्रहरी कार्यालय सक्रिय भएको बताए। 

जे विरुद्ध जाहेरी पर्ने बित्तिकै किन छलफलमा ल्याइएन वा पक्राउ गरिएन भन्ने प्रश्नमा चौलागाइले भने, ‘विदेशी नागरिकलाई पक्राउ गर्न अदालतको आदेश आवस्यक भएकोले पक्राउ गरिएन।’ १० वर्ष इटहरीमा धर्म प्रचारमा सक्रिय भएका कोरियालीका बारेमा किन जानकारी भएन भन्ने प्रश्नमा भने चौलागाईले प्रहरीका इन्टेलिजेन्सले जानकारी नदिएर समस्या भएको प्रतिक्रिया दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।