शुक्रबार, वैशाख १४, २०८१

कक्षा १२ को परीक्षा सुरु, चार लाख विद्यार्थी सहभागी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- कक्षा १२ को वार्षिक परीक्षा आइतबारबाट सुरु भएको छ । परिक्षामा  चार लाख २८ हजार ५२ परिक्षार्थी सहभागी रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । 

परीक्षामा सबैभन्दा कम मनाङबाट ५९ जना सहभागी भएका छन् भने सबैभन्दा बढी काठमाडौँबाट  ६२ हजार ५८८ परीक्षार्थी सहभागी भएको बोर्डले जनाएको छ।

एसईई परीक्षामा प्रश्नपत्र चोरी भएपछि प्रश्नपत्र राखिएको कोठामा २४ घण्टा सीसीटीभीको व्यवस्था गरिएको छ। परीक्षामा अनियमितता हुन नदिन यसपटकबाट कडाइ गरिएको बोर्डका अध्यक्ष प्रा डा. चन्द्रमणी पौडेलले जानकारी दिए । 

यस्तै कक्षा ११ को परिक्षा यहि वैशाख २९ गतेबाट सञ्चालन हुने भएको छ । कक्षा ११ को परिक्षामा पाँच लाख आठ हजार ४९४ जना सहभागी हुने बोर्डले जनाएको छ । ११ मा पनि सबैभन्दा कम मनाङमा बाटै सहभागी हुने भएका छन् । भने बढि काठमाडौंका विद्याथी रहने छन् । मनाङ बाट ५१ जना सहभागी हुँदा काठमाडौंबाट ७१ हजार ५२७ जना सहभागी हुनेछन् । 

बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले कक्षा ११ र १२ का लागि देशभरिमा एक हजार १०७ परीक्षा केन्द्र कायम गरिएको जानकारी दिए। परीक्षालाई मर्यादितरूपमा सञ्चालन गर्न १३ हजार २८४ जना सुरक्षाकर्मी परिचालन गर्न लागिएको छ। परीक्षामा अमर्यादित कार्य गर्नेलाई छ महिना कैद र एक लाख रुपियाँसम्म जरिवानाको व्यवस्था छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।