शुक्रबार, वैशाख १४, २०८१

यसरी हुँदैछ अन्तर्राष्ट्रिय विमानस्थलको मर्मत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – रातिको १०:१२ मिनेटको समय, ड्रागन एयर जमीन छोडर टाउँकै माथिबाट आकाशतिर बेगिन्छ। उपकरण र औजारकासात तम्तयार अवस्थामा फौजी आक्रमण वा कुनै युद्धको तयारीको जसरी बाक्लो सङ्ख्यामा जनशक्ति उभिरहेका हुन्छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको जिरो टु अर्थात् कोटेश्वरतर्फको क्षेत्रमा हुलका हुल जनशक्ति र मेशिननरी उपकरण तयारी अवस्थामा छन्। 
    
केहीबेरमै नालापानीको युद्धमाजस्तो गरी टोली अगाडि बढ्छन् अनि कमिलाले जसरी आफ्नो जिम्मेवारी सम्हाल्छन्। झट्ट हेर्दा कुनै युद्धको तयारीपछिको भीडन्तझै लाग्ने केही दिनअघिको यो दृश्य हो मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्ग ममर्तको।
    
नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले गत चैत १८ देखि विमानस्थलको धावनमार्ग पूर्णरुपमा मर्मतको काम गरिरहेको हो। मर्मत अवधिको तीन महीनासम्म दैनिक १० घण्टा विमानस्थल बन्द हुनेछ। दैनिक २२ घण्टा सञ्चालनमा रहेको विमानस्थल धावनमार्गको पिच परिवर्तन गर्दा दैनिक १४ घण्टा सञ्चालन अवधि कायम भएको छ। मर्मतको अवधि अर्थात् ९१अप्रिल २०१९ देखि जुन ३०० सम्म विमानस्थल दैनिक बिहान ८ बजेदेखि राति १० बजेसम्म मात्र खुला गरिनेछ। यसअघि बिहान ६ बजेदेखि राति ३ बजेसम्म विमानस्थल सञ्चालनमा थियो। 

चार सय मिटर मर्मत सकियो
    
विमानस्थलको धावनमार्ग हालसम्म ४०० मिटर मर्मत भइसकेको प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक बाबुराम पौडेलले जानकारी दिए। पूर्ण क्षमताका साथ धावनमार्ग मर्मतको काम भइरहेको उनले बताए। 
    
विमानस्थलमा रहेको तीन किलोमिटर लामो एकमात्र धावनमार्ग मर्मत गर्न हरेक दिन राति १० बजेदेखि बिहान ८ बजेसम्म काम हुन्छ। धावनमार्ग स्तरोन्नतिको काम चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनीयरिङ कर्पोरेशनले गरिरहेको छ। लामो समयदेखि धावनमार्गको कालोपत्र उप्कदा पटकपटक समस्या परेपछि क्यानले धावनमार्ग पूर्णरुपमा मर्मत ‘रनवे रिह्याब’ गर्ने योजना अघि बढाएको हो।

यसरी हुँदैछ मर्मत  

विमानस्थल बन्द भएपछि ठेकेदार कम्पनीका सबै उपकरण र जनशक्तिसहित ‘नोटाम’ लाग्नासाथै उपकरण रनवेमा दौडन्छन्। विमानस्थलको धावनमार्गको दक्षिण क्षेत्र (जिरो टु) तर्फबाट निर्माण कम्पनीले काम शुरु गर्छ। तम्तयार अवस्थामा बसेका उपकरणसहितको जनशक्ति विमानस्थलको (जिरो टु) रनवेमा प्रवेश गर्छ। रनवेमा पुगेका उपकरणमध्ये मिलिङ (पुरानो पिच उप्काउने) मेशिनले पिच उप्काउने काम गर्छ। मेशिनले तीन चरणमा १० र १० सेन्टिमर गहिरो पिच उप्काइन्छ। 

मेशिनको अगाडि तयारी अवस्थामा रहको टिपरमा मिलिङ मेशिनले काटेको पिच स्वचालित मेशिनबाट सिधै लोड गरिन्छ। पिच उप्काइएको ठाउँमा सफा गरी पुनः आधुनिक पेभलर मेशिनबाट नयाँ पिच गरिन्छ। रनवेमा राति १० बजेबाट बिहान करीब ५ बजेसम्म काम हुन्छ। रनवेमा थपिएको नयाँ पिच सेट हुन कम्तीमा तीन घण्टाको समय लाग्ने हुँदा ८ बजेसम्म त्यसै छोडिन्छ।
    
हरेक दिन अवस्था हेरेर निश्चित मिटर रनवेमा स्तरोन्नतिको काम हुने गरेको छ। यही प्रक्रियाअनुसार तीन महीनाभित्र तीन किलोमिटर लामो धावनमार्ग पूरै नयाँ बन्नेछ। धावनमार्गको काम सँगसँगै सेन्ट्रल लाइट (धावनमार्गको बीचमा जमीनमुनि राखिने लाइट) राख्ने काम पनि सँगसँगै भइरहको छ। अहिले हरेक दिन ८० मिटर धावनमार्ग जोतेर पिच परिवर्तन गरी बिहान ८ बजे विमानस्थल सञ्चालन गरिन्छ। क्रमशः यो १०० मिटर हुँदै अझ क्षमताका साथ काम गर्ने योजना रहेको आयोजनाले जनाएको छ।
    
प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले धावनमार्गको पूर्णमर्मतको काम निरन्तर भइरहेको बताए। एक मिनेट मात्र काममा ढिला हुँदा पनि बिहान जहाज होल्ड गर्नुपर्ने बाध्यता रहन्छ। ‘मर्मतको काम निकै चुनौतीपूर्ण छ, तर पनि काम निरन्तर अघि बढाइरहेका छौँ, हाम्रो लक्ष्यअनुसार जुनभित्रै ‘रनवे हिह्याब’ को काम सक्छौँ, त्यसपछि रनवेमा विगतमा भएजस्तो पाप्रा उप्किने समस्याबाट मुक्ति पाएर निर्वाधरुपमा सञ्चालन गर्न सक्छौँ’, महानिर्देशक गौतमले भने।

मर्मतका लागि सामग्रीको केही समस्या झेल्नुपरेको बताइएको छ। रोशीखोलाबाट ल्याइने गरेकामा स्थानीयले अवरोध गरेका छन्। अहिले ललितपुरको देवीचौरबाट सामग्री ल्याइरहेकामा त्यहाँ पनि अवरोध सिर्जना गरिएको छ। मर्मत सामग्रीको केही भाग पर्याप्त भएकाले काममा अवरोध नहुने जनाइएको छ। सरोकार भएका निकायसँग छलफल भइरहेकाले पछिल्ला दिनमा समस्या नआउने प्राधिकरणको भनाइ छ। 

प्राधिकरणका अनुसार राति खनिएको रनवे बिहान नियमितजस्तै गरेर उडानका लागि तयारी बनाउनुपर्ने र मौसमअनुसार काम गर्नुपर्छ। पानी पर्ने अनुमान भएको दिन काम हुँदैन। मर्मतको काम सुरु भएपछि एक दिन मात्रै पूर्णरुपमा काम बन्द भएको आयोजनाका इञ्जिनीयर दीपेन्द्र श्रेष्ठले जानकारी दिए।
    
सन् १९७५ ताका निर्माण गरिएको विमानस्थलको धावनमार्ग झण्डै चार दशकपछि पूर्णरुपमा मर्मत (कालोपत्रे) थालिएको हो। असअघि समान्य मर्मत गरेर मात्रै काम चलाइँदै आइएको थियो। अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग हरेक १० वर्षमा कालोपत्र फेर्नुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ। चिनियाँ कम्पनीले रु चार अर्ब २७ करोडको लागतमा रनवे स्तरोन्नतिको काम गरिरहेको छ। 

यो कामका लागि नेपाली र चिनियाँ गरी दैनिक ३५० भन्दा बढी जनशक्ति खटिरहेका छन्। मर्मतपछि विमानस्थल २४ घण्टा नै सञ्चालनन योग्य हुने प्राधिकरणको भनाइ छ। रनवेको काम सकिएपछि आठ महीनाभित्र ‘ट्याक्सी वे’को काम सक्ने योजना प्राधिकरणको छ। विमानस्थलमा अहिले दैनिक १०० बढी अन्तर्राष्ट्रियसहित दैनिक सरदर ४०० उडान हुन्छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।