मंगलबार, वैशाख ४, २०८१

डिपेको गोलमा हारबाट जोगियो बार्सिलोना

दोस्रो हाफको सुरुबाटै एक गोललेपछि परेको अवस्थामा मेम्फिस डिपेले गोल गरेपछि बार्सिलोना हारबाट जोगिएको छ।
 |  आइतबार, भदौ ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ६, २०७८

काठमाडौं- दोस्रो हाफको सुरुबाटै एक गोललेपछि परेको अवस्थामा मेम्फिस डिपेले गोल गरेपछि बार्सिलोना हारबाट जोगिएको छ।

triton college

स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टिम एथ्लेटिक क्लबविरुद्ध १–१ गोलको बराबरी खेलेको हो।

सान ममेज बारिया रंगशालामा सम्पन्न खेलमा घरेलु टिम एथ्लेटिकका इनिगो मार्टिनेजले खेलको ५०औं मिनेटमा गोल गर्दै खेलमा अग्रता बनाएका थिए।

त्यसअघि खेलको पहिलो हाफ भने गोलरहित बराबरीमै रोकिएको थियो। यता ७५औं मिनेटमा जर्सी रोबर्टोले दिएको पासको उपयोग गर्दै डिपेले गोल गरे।

खेलको अन्तिममा १० खलाडीमा समेटिएको रोनाल्ड कोम्यानको टिमले दुई खेलबाट चार अंक बनाएको छ। चार अंकका साथ बार्सिलोना शीर्षस्थानमा छ। उसले पहिलो खेलमा रियल सोसिडाडविरुद्ध सहज जित निकालेको थियो।

corrent noodles
Metro Mart

खेलको इन्ज्युरी समयमा बार्सिलोनाका इरिक गर्सियाले रातो कार्ड खाएपछि भने बार्सिलोना केही मिनेटका लागि १० खेलाडीमा समेटिएको थियो। यता दुई खेलबाट दुई अंक बनाएको इथ्लेटिक क्लब भने नवौं स्थानमा छ।

त्यस्तै, शनिबार राति सम्पन्न एस्पानोयल र भिल्लायिलको खेल गोलरहित बराबरीमा रोकिएको छ। त्यस्तै, रियल बेटिस र कार्डिजले १–१ गोलको बराबरी खेलेका थिए।

१–१ गोलको बराबरी खेल्नेमा ग्रानाडा र भ्यालेन्सिया पनि रहे। यता अलावेसको मैदानमा पहुना टिम मायोर्काले भने १–० गोलको संघर्ष पूर्ण जित निकालेको थियो।

प्रकाशित: Aug 22, 2021| 11:41 आइतबार, भदौ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।