बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बालुवाटार जग्गा प्रकरण : अख्तियारका चार पूर्वपदाधिकारीको मिलेमतो

बालुवाटार जग्गा प्रकरण : अख्तियारका चार पूर्वपदाधिकारीको मिलेमतो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – काठमाडौंबाट शनिबार प्रकाशित भएका अधिकांश राष्ट्रिय दैनिकले विविध खबरहरुलाई आफ्नो प्राथमिकतामा पारेका छन्। 

कान्तिपुर दैनिकले बालुवाटार जग्गा प्रकरणमा अख्तियारका चार पूर्वपदाधिकारीको मिलेमतो शिर्षकमा समाचार प्रकाशित गरेको छ। 

बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका चार पदाधिकारीको मिलेमतो एवं संलग्नताको प्रमाण फेला परेको छ। करिब डेढ दशकको अवधिमा अख्तियारको नेतृत्व गरेका तीनसहित चार पदाधिकारीले त्यस प्रकरणको उजुरीलाई अनुसन्धान नगरी असफल बनाएका हुन्।

अख्तियारले चाहेको भए बालुवाटारको जग्गाको अनियमिततामा संलग्नलाई कारबाही गरी जग्गा फिर्ता हुने परिस्थिती बन्न सक्थ्यो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय श्रोतले भन्यो उजुरीहरुमाथि छानविन गर्ने जस्तो गर्ने कारबाही नगर्ने र तामेलीमा राख्ने प्रवृत्तिले कहिल्यै नतिजासम्म पुग्ने अवस्था भएन।
 
सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरिएको भनी परेको उजुरी अख्तियारले २०६० असार १८ गते तामेलिमा राख्ने निर्णय गर्‍यो। त्यसमा दुई आयुक्त ललितबहादुर लिम्बु र वेदप्रसाद सिवाकोटी सामेल थिए। छानबिन गर्दा भ्रष्टाचार नभएको प्रमाण नभेटिएपछि उजुरी तामेलिमा राखिन्छ।

कान्तिपुरका अनुसार यसमा अख्तियारका पूर्व प्रमुख आयुक्त लोकमानसिंह कार्की र दीप बस्न्यातसँगै पूर्वआयुक्त ललितबहादुर लिम्बु र वेदप्रसाद सिवाकोटी संलग्न देखिएका छन्। उनीहरुले यस प्रकरणमा संलग्नलाई कारवाही गरी जग्गा फिर्ता गराउन सकिने अवस्था हुँदाहुँदै पनि उजुरीमाथि छानबिन गर्न उदासीनता देखाएका थिए।
 
यस्तै शनिबारको नागरिक दैनिकले खुलामञ्च अतिक्रमणमा सम्झौतामै किर्ते भएको समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेको छ। 

राजधानीको खुलामञ्च कब्जा गर्ने जलेश्वर–स्वच्छन्द–बिकोई बिल्डर्सले काठमाडौं महानगरपालिकासँग गरेको सम्झौतामा किर्ते भएको फेला परेको छ। महानगरपालिकासँग भएको सम्झौतापत्रमा २०७३ वैशाख १३ मा स्वीकृत गरेको नक्साभन्दा विपरीतका संरचना निर्माण गर्न पाईने छैन भनिएको छ भने ठेकेदारसँग भएको प्रतिमा पाइने छ उल्लेख छ।

ठेकेदारलाई नक्साविपरीतका संरचना निर्माण गर्न पाइनेछ भन्ने प्रति दिइसकेपछि महानगरपालिकाको प्रतिमा डटपेनले केरमेट गरी छ लाई छैन भनि बेहोरा फेरिएको पाइएको हो।   
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।