शनिबार, वैशाख ८, २०८१

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- आज बैशाख १३ गते शुक्रबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

सिके राउतको आक्रोस - 'प्रदेश २ मा भ्रष्ट पार्टीको भ्रष्ट सरकार'

सिके राउतले राहत कोषको चरम दुरुपयोग भएको भन्दै प्रदेश २ सरकारलाई भ्रष्टको संज्ञा दिएका छन्। सामाजिक सञ्जालमा राउतले मुख्यमन्त्रीले पीडितलाई दिनुपर्ने राहत कोषको चरम दुरुपयोग गरेको भन्दै प्रदेश २ सरकारलाई भ्रष्ट पार्टीको सरकार भन्दै आक्रोस व्यक्त गरे।

‘जेबरा क्रसिङ’ मा बाटो पार गर्न सिकाउँदै सिडिओ (भिडियोसहित)

लामो समयदेखि जीर्ण अवस्थामा रहेका जनकपुरका सडक निर्माण भएका छन्। एकीकृत सहरी विकास आयोजनाअन्तर्गत एसियाली विकास बैंकले सहयोग गरेपछि खाल्टाखुल्टीले भरिएका ती सडक अहिले चिल्ला देखिएका छन्।

राजपा महाधिवेशन कार्तिकमा

 राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको नयाँ नेतृत्व चयन गर्न आगामी कार्तिक महिनामा महाधिवेशन हुने भएको छ। ८ वैशाखदेखि शुक्रबारसम्म चलेको राजपा पदाधिकारी समितिको बैठकले २८ कार्तिकदेखि ३० कार्तिकसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो। यसअघि वैशाखमा तोकिएको महाधिवेशन तयारी नपुगेको भन्दै राजपाले स्थगित गरेको थियो।

महानगरले खुला मञ्चका अतिक्रमित संरचना भत्काउने

काठमाडौं महानगरपालिका पुरानो रत्नपार्क, शहीद मञ्चमा अतिक्रमण गरी खडा गरिएको संरचना भत्काउने पक्षमा देखिएको छ।  काठमाडौं क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य भीमसेनदास प्रधानसहितको टोलीले शुक्रबार दिएको ध्यानाकर्षणपत्र बुझ्दै कामपा प्रमुख शाक्यले अतिक्रमण गरी बनाइएको सबै संरचना भत्काउने तयारी भइरहेको स्पष्ट गरे।   

निर्देशिकाविपरित आर्थिक साहयता वितरण गर्दै मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मनोमानी हिसाबले व्यक्ति तथा संघसंस्थालाई जथाभावी रकम वितरण गरेको पाइएको छ। राउतले मुख्यमन्त्री राहत कोष र विविध कोषको दुरुपयोग गर्दै रकम वितरण गरेको पाइएको हो।

मुलुकमा बेरोजगारको संख्या ९ लाख

मुलुकमा बेरोजगारीको संख्या ९ लाख ८ हजार रहेको केन्द्रीय तथ्याङ्क विभागले जानकारी दिएको छ। शुक्रबार विभागले सार्वजनिक गरेको तथ्याङ्कमा श्रम शक्ति भित्रको जनसंख्यामध्ये ११ दशमलव ४ अर्थात ९ लाख ८ हजार जनसंख्या बेरोजगार रहेको तथ्य सार्वजनिक भएको हो। 

जिउँदै जलाइएकी कञ्चनको मृत्यु

सिरहामा आगो लगाएर जलाइएकी २० वर्षीया कञ्चन मण्डल खत्वेको मृत्यु भएको छ। मण्डलको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको हो। कञ्चन विहिबार आफ्नै घरको आँगनमा जल्दै गरेको अवस्थामा भेटिएकी थिइन्।

जो गुराँसको राजधानीमा पर्यटक ल्याउँदा जेल बस्नुपर्‍यो... 

सुवास केसीले गरेको काम भनेको साढे तीन सय विदेशी पर्यटक गुराँसको राजधानी तीनजुरे, मिल्के र जलजले (टिएमजे) मा ल्याएको हो। उनकै अगुवाइमा गत चैत २२ देखि ७ दिनसम्म सांगीतिक कार्यक्रम तय भयो।

'२०३० अगावै नेपाल मध्यम आय भएको मुलुक बन्छ'

राष्ट्रपति विद्यादेवी भण्डारीले अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति हुने नेपालको तत्कालको उद्देश्य भएको बताएकी छन्। अन्तरर्राष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एण्ड रोड मञ्चको बैठकमा राष्ट्रपति भण्डारीले सन् २०३० अघि नै दिगो विकासका लक्ष्य हासिल गर्दै मध्यम आय भएको राष्ट्र बन्न नेपाल दृढताका साथ अगाडि बढेको बताइन्। 

‘हिम्मतवाली’ का नायक गौतमविरुद्ध 'रेड नोटिस' जारी

रेखा थापाको फिल्म हिम्मतवालीका हिरो सुदर्शन गौतमविरुद्ध इन्टरपोलले रेड नोटिस जारी गरेको छ। नेपालबाट विभिन्न देश हुँदै अमेरिकामा मानव तस्करी गर्ने कार्यमा संलग्न रहेका आरोपमा उनीविरुद्ध रेड नोटिस जारी भएको हो।

प्रदेशस्तरीय सुरक्षा बैठक सुरु

प्रदेश २ को जनकपुरमा प्रदेशस्तरीय दुईदिने सुरक्षा गोष्ठी शुक्रबार सुरु भएको छ। प्रदेशको सुरक्षा संरचना, शान्ति सुरक्षाको वर्तमान अवस्था र आगामी दिनमा अपनाउनुपर्ने सुरक्षा रणनीति तयार गर्ने उद्देश्यले सुरक्षा गोष्ठी आयोजना गरिएको हो।

करेन्ट लागेर बालिकाको मृत्यु 

कञ्चनपुरमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका-२ वाणीमा शुक्रबार करेन्ट लागेर ६ वर्षीया बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।

माध्यमिक परीक्षा व्यवस्थित बनाउन मन्त्रालयको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षालाई व्यवस्थित, मर्यादित बनाउन राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ।

३४ हजार नागरिकका सन्तानलाई वंशजको नागरिकता नदिन सर्वोच्चको आदेश 

सर्वोच्च अदालतले ३४ हजार नागरिकतावाहकका सन्तानलाई तत्काल वंशजको नागरिकता वितरण नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।

'राजाको हन्डी' खाएका हामी आन्दोलनकारी 

०६१ माघ २१ गते अन्नपूर्ण पोस्टको कार्यालय अनामनगरको बोर्डमा एउटा सूचना झुन्डियो, ‘राजनीतिक बिटका संवाददाताहरूले राजनीतिक समाचार नलेख्नू ।’  त्यसपछि राजनीतिक समाचार लेख्ने हामीले अन्य विषय छान्न थाल्यौं । कहिले गाईको गहुँतबाट चल्ने घडी, दलितले वेद पढे जस्ता विषय समाचार बने ।

ओली भन्छन्- 'मनमोहनले देखेको सपना यो सरकारले पुरा गर्छ'   

प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको भोक जगाउने पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको बाटोमा वर्तमान सरकार अग्रसर भएको बताएका छन् । 

उपत्यकाका अधिकांश सवारीमा प्रदुषण फेल

उपत्यकामा चल्ने अधिकांश सवारी साधनमा प्रदुषण फेल रहेको देखिएको छ । 

पूर्व सभासद शाह डेराबाटै पक्राउ

धनगढीबाट पूर्व सभासद डबल शाह पक्राउ परेका परेका छन्। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सेती ब्यूरो सदस्य तथा कार्यालय सचिब समेत रहेका शाह धनगढी स्थित डेराबाटै पक्राउ परेका हुन्। 

अझै २ दिन आकाश नखुल्ने, ठाउँ ठाउँमा झरिको सम्भावना

काठमाडौं उपत्यकासहित देशका अधिकांश ठाउँमा धुम्म देखिएको मौसम आइतबारबाट मात्रै खुल्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार (आज) र शनिबार (भोलि) ठाउँ ठाउँमा झरि पर्नेछ ।

चट्याङले वर्षेनी ज्यान लिएपछि रक्सीको साहारा

पर्वतको महाशीला गाउँपालिका–६ फलामखानीका बासिन्दा मेघगर्जन शुरु भएपछि घरभित्र दाैडिन्छन् । घरमा रक्सी छर्केर ।

प्रदेश २ मा फेरि चेली जलाइयो

पछिल्ला केहिदिनयता प्रदेश २ मा छोरी चेलीहरु असुरक्षित बन्दै गएकी छिन् । 

विज्ञ भन्छन्- 'दश वर्षसम्म परकम्प जान्छ'

भूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्प गइरहने विज्ञले बताएका छन् । नेपालको भूकम्पीय जोखिम र भूकम्पीयतामा विद्यावारिधी गरेका प्रा डा हरिहर पौडेलका अनुसार यसकै निरन्तरताका रुपमा नेपालमा चार वर्षअघिको भूकम्पपछि परकम्प गइरहेको हो । 

डिभिजन कार्यालय प्रदेश सरकार मातहत 

सङ्घीय सरकार मातहतका १४ वटा डिभिजन सडक कार्यालयलाई प्रदेश सरकारलाई हस्तान्तरण गरिएकोे छ । 

‘दाल भात तरकारी’मा प्रियंकाको हट आइटम

शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘दाल भात तरकारी’को आइटम गीत सार्वजनिक गरिएको छ। ‘एन्टिबायोटिक खाउला’ बोलको युटुब मार्फत सार्वजनिक गरिएको गीतमा नायिका प्रियंका कार्कीको हट नृत्य देख्न सकिन्छ। 

माधुरीसँग यसकारण खुसी छन् आमिर

बलिउडका सुपरस्टार अमिर खान फिल्मका अलावा सामाजिक काममा पनि अग्रपंक्तिमा रहन्छन्। उनी पत्नी किरण रावसँग मिलेर महाराष्ट्रको पानीको हाहाकार हुने इलाकामा ‘पानी’ नामक एउटा फाउन्डेसन पनि चलाउँछन्। यतिबेला भने किरण राव र अमिर खान एक मराठी सोको होस्ट गरिरहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।