खेलकुद

साफ खेल्ने नेपाली टोलीको घोषणा

भुटानमा आयोजना हुने साफ यू-१५ महिला च्याम्पियनसिप खेल्ने नेपाली महिला फुटबल टोलीको घोषणा भएको छ । प्रशिक्षक राकेश श्रेष्ठले २३ सदस्यिय टोलीको घोषणा गरेका हुन्। 

/assets/plugins/bower_components/fileman/Uploads/sports/football/nepali_u15_women_s.jpg
काठमाडौं- भुटानमा आयोजना हुने साफ यू-१५ महिला च्याम्पियनसिप खेल्ने नेपाली महिला फुटबल टोलीको घोषणा भएको छ । प्रशिक्षक राकेश श्रेष्ठले २३ सदस्यिय टोलीको घोषणा गरेका हुन्। 

यु-१५ साफ च्याम्पियनसिप भुटानमा अक्टोबर ९ देखी १५ तारिखसम्म संचालन हुने छ। नेपालले भारतसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालले भारतसँग असोज २२ गते खेल्नेछ ।

यस्तै नेपालले असोज २४ गते बंगलादेश, असोज २६ गते आयोजक भुटानसँग खेल्नेछ । लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् । गत संस्करणमा नेपाल चौंथो भएको थियो ।

यू-१५ टोली

गोलरक्षक : सावित्री किसान, पुजा थापा, लीला जोशी

डिफेन्डर : कुमारी तामाङ, सरु हमाल, मन्जु खड्का, प्रतीक्षा चौधरी, दिव्य यस्माली मगर, सविना चौधरी, पुष्पा गुरुङ

मिडफिल्डर : अनु राई, सुरक्षा सुखारिया, ममता पुन, सारा बज्राचार्य, मनमाया दमाईं, सुष्मा जिटी, मनिषा राउत, सुनकला राई, अस्मिता रानपाल

फरवार्ड : प्रिती राई, अमिषा कार्की, मन्दिरा राई, निकिता थोकर
 
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेखकबाट थप
ताजा अपडेट