शुक्रबार, वैशाख ७, २०८१

प्रदेश २ मा फेरि चेली जलाइयो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुुरधाम- पछिल्ला केहिदिनयता प्रदेश २ मा छोरी चेलीहरु असुरक्षित बन्दै गएकी छिन् । 

संघीय  सरकार र प्रदेश सरकारले शान्ति सुरक्षा तथा महिला हिंसाजस्ता घटनाहरु कम हुँदै गएको दाबी गरिरहेपनि एकपछि अर्को यस्ता घटनाहरु सार्वजनिक भइरहेको छ ।

धनुषामा एक नवविवाहिता निर्मला यादवलाई श्रीमानले मट्टितेल छर्केर जलाएको घटना दुई साता नबित्दै सिरहामा पुनः एक महिलालाई जलाइएको छ । घरायसी विवादमा सिरहा नगरपालिका–८ की २१ वर्षीया कञ्चनदेवी मण्डल खत्वेलाई जलाइएको हो ।

विहीबार बिहान करिब ११ बजे समयमा घरायसी विवादहुँदा कञ्चनको शरीरमा आगो लगाएर जलाइएको छ । शरीरको ८० प्रतिशत भाग जलेको कञ्चनको अवस्था गम्भीर रहेको बताइएको छ । घटनापछि कञ्चनका पति बेचन मण्डल फरार भएका छन् भने सासुलाई प्रहरीले नियन्त्रणमा लिएको सिरहाका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले बताए ।

घटना लगत्तै प्रहरीले उद्धार गरी कञ्चनलाई उपचारका लागि धरानस्थित वीपी कोइराला विज्ञान प्रतिष्ठान पठाइएपनि शरीरको अधिकांश भाग जलिसकेकाले त्यहाँ उपचार सम्भव नभएपछि काठमाण्डौं रेफर गरिएको छ ।

‘घरायसी विवादहुँदा घरमा आगोले जलेको अवस्थामा कञ्चन फेला परेकी थिइन्’ उपरीक्षक श्रेष्ठले भने,‘घटनाको अनुसन्धानका लागि कञ्चनकी सासुलाई हामीले नियन्त्रणमा लिएका छौं । पति बेचन फरार छन । उनको खोजी भइरहेको छ ।’

यसअघि ५ वैशाखमा धनुषाको शहीदनगर नगरपालिका–१ मा २० वर्षीया नवविवाहिता निर्मला यादवलाई पति मुकेश गोइतले शरीरमा मट्टितेल छर्केर आगो लगाएका थिए ।

घरायसी विवादको हुँदा घरमा कोहि नभएको मौका छोपेर मुकेशले निर्मलाको हात खुट्टा बाँधेर जिउमा मट्टितेल खन्याई आगो लगाएर घरको ढोका बन्द गरेर फरार भएका थिए । गाउँलेले निर्मलाको उद्धार गरी उपचारका लागि जनकपुर अञ्चल अस्पताल भर्ना गराएका थिए ।

तर जनकपुरमा उपचार सम्भव नभएपछि निर्मलाको अहिले काठमाण्डौंको बर्न अस्पतालमा उपचार भइरहेको छ । निर्मलाको शरीरको ४० प्रतिशत भाग जलेको बताइएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।