शनिबार, वैशाख ८, २०८१

आजका अखबार : खुल्लामञ्च माफियाको कब्जामा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित शुक्रबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् ।
 
आजको कान्तिपुर दैनिकले काठमाडौंको खुल्लामञ्च अतिक्रमण गरेर धमाधम अबैध रुपमा व्यावसायिक प्रयोजनका सटर निर्माण भएको विषयलाई मुख्य समाचार बनाएको छ । 

खुल्लामञ्चमा बसपार्क सारेपछि त्यसको व्यवस्थापनको जिम्मा लिएको जलेश्वर स्वछन्द निर्माण कम्पनीले सटर बनाएर धमाधम पैसा असुलेको छ । तर, सम्बन्धीत निकाय रोक्न त परको कुरा थाहै नभए जसरी बसेको छ । सम्बन्धीत वडा कार्यालय थाहा छैन भनिरहेको छ भने थाहा पाएको बताउने महानगरले कारबाही प्रक्रिया अघि नबढाएको समाचारमा उल्लेख छ ।
 
यस्तै प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासभित्रको जग्गा कांग्रेसका संस्थापक नेता सुवर्णशमशेर राणाका हकदारको नाममा रहेको कान्तिपुरले खुलासा गरेको छ। प्रधानमन्त्री निवासको ३ रोपनी १० आना र प्रधानन्यायाधीश निवासको २ रोपनी १४ आना जग्गा ब्यक्तिको नाममा दर्ता रहेको समाचारमा उल्लेख छ।
 
यस्तै सर्वोच्च अदालतले एनसेलसँग कर असुल गर्न फैसला सुनाएको दुई साता नबित्दै फेरि त्यसलाई रोकि दिएको विषयलाई पनि कान्तिपुरले महत्वका साथ छापेको छ । कर तत्काल असुल नगरि यथास्थितीमा राख्नु पनि सर्वोच्चले बिहीबार आदेश दिएको थियो ।
 
आजको नागरिक दैनिकले भने एनसेललाई बहिष्कार आह्वान शीर्षकमा मुख्य समाचार छापेको छ ।

गरिब नेपालीलाई सेवा बेचेर वार्षिक अर्बौं रुपैयाँ कमाउँदै आएको निजी क्षेत्रको टेलिकम कम्पनी एनसेलले खरिद–बिक्रीमा पुँजीगत लाभकर तिर्न आलटाल गरेपछि मुलुकभरबाट विरोध भएको छ। लाभकर तिर्न अटेरी गर्ने एनसेलको विरोधमा उसका सिम प्रयोग नगर्न विभिन्न विद्यार्थी संगठनले आह्वान गरेका छन्।

निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी एनसेल २०७२ सालमा बिक्री हुँदा उसले एक खर्ब ४३ अर्ब रुपैयाँ नाफा गरेको सरकारको भनाइ छ। नाफाअनुसार कानुनले तोकेको पुँजीगत लाभकर नतिरेर एनसेलले लामो समयदेखि बहानाबाजी गरिरहेको समाचारमा उल्लेख छ ।

यस्तै खुल्लामञ्च अतिक्रमणविरुद्ध जनता सडकमा उत्रिएको विषयलाई पनि नागरिकले प्राथमिकताका साथ छापेको छ ।

काठमाडौं महानगरपालिका र जलेश्वर–स्वच्छन्द–बिकोई जेभी कम्पनीको मिलेमतोमा खुलामञ्च अतिक्रमण गरिएकोमा सर्वसाधारणले विरोध जनाएका छन् । सम्पदा अभियन्ता र स्थानीयले खुलामञ्च अतिक्रमण गरेर मास्न खोजेको भन्दै बिहीबार विरोध प्रदर्शन गरेका हुन्।

काठमाडौं महानगरपालिका र कम्पनीको मिलेमतोमा खुलामञ्चमा ४४ व्यापारिक सटर बनाइएको छ। कम्पनीले महानगरपालिकालाई आर्थिक प्रलोभनमा पारेर व्यापारिक सटर निर्माण गरेको समाचारमा उल्लेख छ । 

आजको अन्नपूर्ण पोस्ट्ले भने राष्ट्रपति विद्यादेवी भण्डारीलाई बेइजिङमा गरिएको स्वागतलाई मुख्य समाचार बनाएको छ ।

उसले सत्तारुढ दल नेकपाको पोलिटब्युरो वैशाखभित्रै गठन गर्ने तयारी भएको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ । शीर्ष नेताहरु छलफलमा जुटेका छन् भने आगामी सचिवालय बैठकले टुङ्गो लगाउने तयारी भएको समाचारमा उल्लेख छ । 

आजको नयाँ पत्रिकाले भने राष्ट्रपति चीन जादा उनको उडानका कारण अन्य २ सय उडान प्रभावित भएको विषयलाई मुख्य समाचार बनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीका लागि ५७ मिनेट आकाश खाली गराइयो भने दिनभर उडान प्रभावित भयो । उत्तरबाट आएको जहाजलाई वीरगन्ज पुर्याएर ल्हासा फर्काइएको थियो भने कतिपय जहाजले अमलेखगन्जदेखि भट्टेडाँडासम्म पाँच फन्को लगाएको समाचारमा उल्लेख छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।