बुधबार, वैशाख ५, २०८१

सुधारगृहमै मृत भेटिए एक युवक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम – जनकपुरस्थित एक सुधारगृहमा एकजना बिरामी मृत अवस्थामा फेला परेका छन्। जनकपुरधाम–४ पिडडिया माइस्थानस्थित रिलीफ नेपाल नामक सुधारगृहमा सर्लाही इश्वरपुर नगरपालिका–५ फुलजोरका ४५ वर्षीय राजन घिमिरेको शव झुण्डिएको अवस्थामा मंगलबार राति फेला परेको हो। मानसिक रोगी रहेका राजनले आत्महत्या गरेको सुधारगृहको दाबी छ।

सुधार गृहभित्रै राजनको शव झुण्डिएको अवस्थामा भेटेपछि आफन्तले जनकपुर अञ्चल अस्पताल नजिक जलान मेडिकल हलमा तोडफोडको प्रयास गरेका छन्। सुधारगृह सञ्चालक मध्येका डा.शिरीष अर्याल जलान मेडिकल हलमा बिरामी जेकजाँच गरिरहेको अवस्थामा दुई दर्जनभन्दा बढीको संख्यामा रहेका आफन्तले तोडफोड तथा कुटपिटको प्रयास गरेका हुन्।

आक्रोशमा रहेका राजनका आफन्तहरुले जलान मेडिकल हलमा कार्यरत रुपेश साह र सुरेन्द्र यादवलाई कुटपिट गरेको बताइएको छ। अवस्था तनावपूर्ण बन्दै गएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको थियो।

मानसिक रोगी राजनलाई उनका परिवारले गत आइतबार सुधारगृहमा राखेका थिए। मंगलबार राती राजन कोठाको पंखामा पासो लगाएको अवस्थामा भेटेपछि सुधारगृह प्रशासनले उनका परिवारलाई खबर गरेको थियो।

शव पोस्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।