बिहीबार, वैशाख १३, २०८१

डडेल्धुरामा बस पल्टियो : मृतक ५ जनाको सनाखत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी-  डडेलधुराको गन्यपाधुरा गाउँपालिका–१ साहुखर्कमा यात्रवाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको पुष्टि भएको छ। यसअघि डडेल्धुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले ७ जनाको मृत्यु भएको जानकारी गराएका थिए। मृत्यु हुनेमा ३ पुरुष र २ महिला रहेको प्रहरी निरीक्षक खड्काले बताए।

मृत्यु हुनेमा बझाङको केदारस्यूका–४ का २५ वर्षीय नरेन्द्र गुरधामी, सोही ठाउँकी ५५ वर्षीया कल्सीदेवी गुरधामी, हरुली बोहरा, तल्कोट–४ का ४४ वर्षीय धनबहादुर घर्ती र २५ वर्षीय भारतीय नागरिक मोहमद नासिर रहेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए।

घाइते हुनेमा कैलालीको गोदावरी नगरपालिका–१० का रमेश चौधरी, गोदावरी–३ का २४ वर्षीय नविन धामी, बैतडी सिगासका–२ का २० वर्षीय सुरेन्द्र क्षेत्री, थलरा बझाङ तलकोटका ६० वर्षीय जयकला बोहरा, बझाङका १० वर्षीय सितल वड, बझाङ तलकोट–५ का २५ वर्षीय कवेन्द्रबहादुर घर्ती, बझाङको जयपृथ्वी नगरपालिका–९ का ३५ वर्षीया धनसरा वड, बझाङ मष्टा–२ का १८ वर्षीय जीवन लुहार, सोही ठाउँका २५ वर्षीय पुष्प कठायत, बझाङका २४ वर्षीय सुरज रोकाया छन्।

यस्तै अन्य घाइतेमा बझाङको जयपृथ्वी नगरपालिका–७ का ४२ वर्षीय मनगिरी विक, छब्बीसपाथिभराका ५० वर्षीय मदनराज जोशी, मष्टा–१का २२ वर्षीय विनोद थापा, केदारस्यू–५ का २५ वर्षीय बसन्त बोहरा, तलकोट बझाङका ४० वर्षीया गिठी घर्ती, मष्टा–२ बझाङका २२ धविन्द्र धामी, केदारस्यू–५ का १९ वर्षीय मोहित धामी, सुबेडा बझाङका ३० वर्षीया लक्ष्मी विक, छब्बीसपाथिभरा–३ का १८ वर्षीय तोरन रेग्मी, मष्टा–२ का १८ वर्षीय सुनिल धामी, बेतकोट–२ कञ्चनपुरका ४० वर्षीय दिवाकर पन्त रहेका छन् । 

यसैगरी मष्टा–३ का ४७ वर्षीय रजन कामी, थलरा बझाङकी ६० वर्षीया विष्णुमति जोशी, बुङ्गल–१० ४० वर्षीय जनकराज जोशी, बझाङका ५० वर्षीया धना बोहरा, तल्कोटका ५० वर्षीय कुरे घर्ती, बुङ्गल–१ बझाङका २४ वर्षीय जगन्नाथ जोशी, तल्कोट–४ का १० वर्षीय विवेक घर्ती, थलरा–३ बझाङका धनबहादुर चौहान, थलरा–१ की ४० वर्षीय देवा बोहरा, भारत विहार कटिहारका–२५ वर्षीय महोमद उस्मान, सोही ठाउँका १८ वर्षीय मोहमद गुल्जार, ४० वर्षीय जमिर हुसेन, २५ वर्षीय अजाद हुसेन छन्। घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

घाइतेमध्ये ३ को अवस्था गम्भीर रहेको डडेल्धुरा अस्पतालले जनाएको छ । जसमा थलरा–३ बझाङका धनबहादुर चौहान, मष्टा–१ का २२ वर्षीय विनोद थापा र गोदावरी नगरपालिका–१० का रमेश चौधरी रहेको अस्पतालले जनाएको छ। बस सडकबाट ६० मिटर तल खसेको जनाइएको छ। ओभरलोड भएर बस दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।