शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • अपांगता भएका व्यक्तिको आकस्मिक सेवामा पहुँचका लागि मोबाइल एप

अपांगता भएका व्यक्तिको आकस्मिक सेवामा पहुँचका लागि मोबाइल एप

अपांगता भएका व्यक्तिका लागि लक्षित गरी ‘बचाउ’ नामक मोबाइल एपको सुरुवात गरिएको छ।
 |  शनिबार, भदौ ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ५, २०७८

काठमाडौं– अपांगता भएका व्यक्तिका लागि लक्षित गरी ‘बचाउ’ नामक मोबाइल एपको सुरुवात गरिएको छ। युएसएआईडीको तयार नेपाल परियोजनाको सहयोगमा ‘अतुल्य फाउण्डेसन’ ले तयार पारेको सो एप्लिकेसन बहिरा र सुस्त श्रवण भएका व्यक्तिलाई लक्षित गरिएको हो। 

triton college

सबै प्रकारका अपांगता भएका व्यक्तिलाई आकस्मिक सेवामा सहयोग पुग्ने अपेक्षा गरिएको छ। सो एप्लिकेसनमार्फत बहिरा र सुस्त श्रवण भएका व्यक्तिले आफूलाई परेको समस्याका बारेमा प्रहरी, दमकल वा एम्बुलेन्सलाई जानकारी गराउन सक्ने छन्। 

एप्लिकेसनमार्फत सहयोगका लागि अपिल गर्दा प्रहरीले सहयोग आवश्यक पर्ने व्यक्ति रहेको वा घटना भएको स्थानसमेत जानकारी पाउने भएकाले सहजिकरणका लागि छिटो हुने अपेक्षा गरिएको छ। 

एप सार्वजनिक कार्यक्रममा फाउण्डेसनका अध्यक्ष पल्लव पन्तले नेपालका सरकारी र गैरसरकारी निकाय अपांगमैत्री नभएको अवस्थामा सानो प्रयासस्वरुप बचाउ एप सार्वजनिक गरेको बताए। उनले विपद् व्यवस्थापनमा प्रविधिको प्रयोग गर्दा अपांगता भएका मात्र नभई सबैलाई यो फलदायी हुने बताए।

कार्यक्रममा गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाकी प्रमुख हुमकला पाण्डेले प्रविधिको प्रयोगले विपद्मा परेका मानिसको सहयोग गर्न प्रभावकारी हुने बताए।

corrent noodles
Metro Mart

कार्यक्रमका सहभागीहरुले प्रविधिको प्रयोगमा अपांगता भएका व्यक्तिहरु प्राय सक्षम नहुने भएकाले संकेत वा चित्रहरुको प्रयोगबाट पनि सहजै सूचना प्रवाह गर्न जोड दिनुपर्ने बताएका थिए। बेटा भर्सनमा उपलब्ध सो एप चाँडै नै परिस्कृत गरेर पूर्ण रुपमा सञ्चालनमा ल्याइने फाउण्डेसनले जनाएको छ। 

प्रकाशित: Aug 21, 2021| 12:10 शनिबार, भदौ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।